स्व.गिरिजाप्रसादको सपना पूरा गर्छु भन्ने प्रचण्ड अविश्वासी पात्र हुन : विक्रम पाण्डे

चितवन । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने वताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धी चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुःख दिनेजस्ता काम गरेकालाई जनताले यसपटक सवक सिकाउने वताए ।

जनताले अहिले आश्वासन नभई विकास चाहेको भन्दै पाण्डेले यसअघिका योजना सफल बनाउन र आगामी विकासका योजनालाई निरन्तरता दिनका लागि पनि जनताले विवेक पु-याउने बताए ।
‘स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने छन्,’ उनले भने ।

अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उहाँको भनाइ थियो । माओवादी अध्यक्ष दाहालले निर्वाचन जिते चितवनको बदनाम हुने मन्त्री पाण्डेको भनाइ थियो । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनीति गर्दै आएकाले जनताको हरेक पीडा आफूलाई थाहा भएको उनले वताए ।
‘ उहाँ भर्खर चितवन आउनुभयो, यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ, ‘उनले भने । दाहाललाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै उनले आफूलाई सहजरुपमा भेट्न सक्ने वताए । दाहाल यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उहाँको विकल्पमा आफूलाई मतदान गर्ने मन्त्री पाण्डेको विश्वास छ ।
रेवा, राप्ति, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने  पाण्डेले बताए ।

Powered by Facebook Comments