सनीले किन गरिन् सलमानको यति धेरै तारिफ ?

काठमाडौं : पोर्न जगतबाट बलिउड प्रवेश गरेर हट नायिकाको स्थान बनाउन सफल अभिनेत्री सनी लियोनले अभिनेता सलमान खानबीच राम्रो सम्बन्ध रहेको बताएकी छन्। सलमानले आफूलाई सधैं एकदमै मैत्री व्यवहार गर्ने गरेको र धेरै बिनम्र भएको पनि उनले बताएकी हुन्। सनीले सलमानको तारिफ गर्दै उनले सधैं आफूलाई भेट्दा नम्रता पूर्वक बोलाउने गरेको बताइन्। बलिउड प्रवेश गर्नुअघि सनी सलमानद्वारा होस्ट गरिएको कार्यक्रम ‘बिग बोस’ मा देखा परेकी थिइन्। अब उनी राजीव वालियाको रोमान्टिक म्यूजिकल फिल्म ‘तेरा इन्तजार’ मा सलमानका भाइ तथा अभिनेता अरवाज खानसँग काम गर्दै छन्। सनीले सलमानको परिवार साह्रै राम्रो भएको तारिफ गर्दै भनिन्–‘सलमान खानसँग मेरो धेरैपटक भेट भएको छ। अरवाजसँग पनि केही समय विताउने मौका पाएकी छु। मलाई थाहा छ कि अरवाज एकदमै असल छन् र मलाई लाग्छ उनको पूरा परिवार नै राम्रो छ। सलमान धेरै असल छन्।’ शाहरूख खानको ‘रइस’ र सोनाक्षी सिन्हाको ‘नूर’ पछि सनी अब अजय देवगन र इमरान हास्मीको ‘बादशाहों’ मा देखा पर्दैछन्।

Comments

Top