अनमोलको नयाँ लुक्स सार्वजनिक

काठमाडौं : अनमोल केसीको नयाँ लुक्स सार्वजनिक भएको छ। पछिल्लो समय चर्चा बटुल्दै गएका अभिनेता केसीले ‘कृ’ का लागि नयाँ लुक्स बनाएका हुन् । निर्माता सुवास गिरीले फेसबुकमार्फत् ‘कृ’को दुइटा फस्ट लुक पोस्टर सार्वजनिक गरेका हुन्। दुवै पोस्टरमा अनमोल एक्लै छन्। यस फिल्मबाट बीस लाख पारिश्रमिक लिएको भनी चर्चामा आएका अनमोलले फिल्मभित्र आफ्नो भूमिका र गेटअप कस्तो हुने भन्नेबारे सकेसम्म गोप्य राख्न चाहेका थिए। निर्माणपक्षले उनलाई एक वर्षसम्म अर्को फिल्म खेल्न नपाउने सर्त तेस्र्याएको थियो। यसै फिल्मको तयारीका लागि उनी बाहिर निस्कँदैनथे। घरमै तयारी गरेर बस्थे। लुक्स सार्वजनिक हुने डरले उनी लुकेको चर्चा पनि फिल्मवृत्तमा चलेको थियो। अनमोलका भनाइमा यस फिल्ममा उनी आफूभन्दा बढी उमेरको भूमिका निभाउँदैछन्। होस्टल हुँदै जेरी, ड्रिम्स, गाजलु गरी जम्मा चार फिल्म खेलेका अनमोल अहिलेसम्म युवापुस्ताको प्रतिनिधित्व गर्ने प्रेम कथानक फिल्ममा मात्र देखिएका थिए। कृमा उनले एक्सन दृश्यसमेत दिएका छन्। त्यसैका लागि उनले मार्सल आर्ट सिकेको बताइन्छ।

Comments

Top