नाकमा फूली लगाउन थाले आमिरले

काठमाडौं : बलिउड अभिनेता आमिर खान आजभोलि आफ्नो नाक र कान छेडेर हिड्न थालेका छन्। यतिमात्र नभएर उनले नाकमा फूलीका साथै कानमा मुन्द्रा र टप पनि लगाएका छन्। उनले नाकमा ठूलो फूली र दुई कानमा मुन्द्राका साथै एक कानको माथिपट्टि ठूलो टप लगाएका छन्। उनले यी गहना यसै लगाएका भने होइनन्। उनको आगामी फिल्म ‘ठग्स अफ हिन्दोंस्तान’ का लागि उनले यी गहना लगाएका हुन्। आमिरलाई यो लुक्सका लागि निकै पीडा भोग्नुपरेको बताइएको छ। नाक छेड्नुपर्दा उनलाई साह्रै कष्ट भएको र सुत्न पनि गाह्रो भएको बताइएको छ। यही फिल्मका लागि उनले आफ्नो तौल पनि कम गरेका छन्। दंगलका लागि १२० किलो भएका उनी अहिले ७० किलोका भएका छन्। यो फिल्ममा अमिताभ बच्चनको केमियो भूमिका छन् भने अभिनेत्री कटरीना कैफ र फतिमा सना शेखको पनि मुख्य भूमिका छ। आमिर र अमिताभले सँगै काम गरेको यो पहिलो फिल्म हो।

Comments

Top