अन्डरवर्ल्ड डन दाऊद इब्राहिमका कारण भारतमा फेरी खतरा

नयाँ दिल्ली । भारतमा सर्वाधिक खोजी सुचिमा रहेका अन्डरवर्ल्ड डन दाऊद इब्राहिम र उनका साथी छोटा शकीलबीच फूट आएपछि भारतमा खतरा बढेको छ । दुबैले एकअर्काको साथ छोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अंग्रेजी अखबार टाइम्स अफ इन्डियाकाअनुसार मुम्बई हमलाका नाइके दाऊद र शकीलबीच मनमुटाव भएको छ । जसको कारण दाऊदका भाई अनीस इब्राहिमको कारोबारमा दख्खल नै प्रमुख कारण रहेको इन्टेलीजेन्स सूत्रले बताएको उल्लेख छ । दाऊद र शकील पछिल्लो तीन दशकदेखिसँगै काम गरिहेका थिए । अखबार अनुसार दाऊद का भाई अनीस पाकिस्तानमा बस्दै आएकाछन् । यी दुई ग्याङ अलग भए भारतका विरुद्ध खतरा बढ्नसक्ने अड्कल गरिएको छ ।

Comments

Top