मिस नेपालगञ्जको उपाधिसँगै दीपिकाको जागिर पक्का

काठमाडौं : मिस नेपालगञ्ज २०१७ को उपाधि नेपालगञ्जकी दीपिका श्रेष्ठले जितेकी छन् । शनिबार राति भएको फाइनलमा नौजना प्रतियोगीहरुलाई उछिन्दै उनी मिस नेपालगञ्ज भएकी हुन् । नेपालगञ्ज न्यूरोड निवासी दीपिकाले मिस ट्यालेन्टको उपाधीसमेत जितिन् । मिस नेपालगञ्ज दीपिकालाई गोर्खा एयरलाइन्सले आफ्नो कम्पनीको तर्फबाट एयर होस्टेजको जागिरसमेत पक्का गरिदिएको छ । उनलाई त्यसका लागि साहारा इन्टरनेशनल एयर होस्टेज एकेडेमीले निशुल्क एयर होस्टेसको तालिमको समेत व्यवस्था गरिसकेको छ । यो उपाधि र अवसरसँगै उनले आयोजक एक्स जेनेरेशनको तर्फबाट १५ हजार रुपैयाँ र यति सिमेन्टको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन् । यसैगरी फस्ट रनरअपको उपाधि नर्सिङकी विद्यार्थी समीक्षा बोहराले हात पारिन् । योसँग उनी मिस फोटोजेनिक पनि घोषित भइन् । १० हजार नगदसँगै उनले म्यूजिक भिडियोमा समेत मोडलिङको अवसर पाउनेछिन् । त्यस्तै सेकेन्ड रनरअप सिर्जना थपलिया भइन् । त्यस्तै आयुष्मा शर्माले मिस डिसीप्लिनको उपाधि हात पारिन् । सिर्जना सिंह ठकुरीले मिस क्याटवाकको उपाधि पाइन । त्यसैगरी कोरियोग्राफर च्वाइस्मा कोपिला पाण्डे परिन् भने कल्पना बोगटी मिस पर्सनालिटी घोषित भइन् ।

Comments

Top