अवुधाबीमा नम्रताको चर्चा

काठमाडौं : नायिका नम्रता सापकोटाले उत्कृष्ट मोडलको उपाधि हात पारेकी छन् । संगिक्षा फिल्मस् र नमस्ते ट्राभल्स एन्ड टूरको आयोजनामा यूएइको अवुधाबीमा सम्पन्न दोश्रो नेपाली म्यूजिक भिडियो अवार्डमा सापकोटाले उत्कृष्ट मोडलको उपाधि हात पार्दा उनको पहिरनको समेत चर्चा भएको छ । बोल्ड अवतारमा देखिएकी सापकोटाले ट्रफी उचाल्दै अवार्डले आफ्नो काममा अझै हौसला दिने बताइन् । कार्यक्रममा मोडल विवेक सिंह ठकुरीले भने उत्कृष्ट मोडल(पुरुष)को अवार्ड जितेका थिए । सुष्मा थापाले डिजाइन गरेको रातो गाउनमा नम्रता निकै बोल्ड देखिएकि थिइन् । नम्रताले लगाएको रातो गाउनमा उनको ट्याटु स्पष्ट देखिएको थियो । नम्रता भन्छिन्–‘अवार्ड कार्यक्रममा नायिकाहरु बोल्ड एन्ड ब्यूटी देखिन जरुरी छ । म कार्यक्रमको प्रकार हेरेर पहिरन लगाउने गर्छु ।’

Comments

Top