चीन रुसप्रति ट्रम्पको आक्रोश

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको समाचारमा जनाइएको छ । उनले यसअघि भन्दै आउनुभएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फस्र्ट्’ (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राखेको देखिन्छ । राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब वर्षदिन पछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् । यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ । साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ । आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ । आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्काे विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ । उनले अरु विश्वलाई सहकार्यभन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन् । साथै उक्त रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भनेका छन् । उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गरेका सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख पनि गरेको समाचारमा जनाइएको छ । कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारी, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसिमको चुनौती नै रहेको पनि बताए । राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गरे । उनले यी चुनौती दिएकाको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ । – एजेन्सी

Comments

Top