मेस्सी र सुआरोजको गोलसँगै बार्सिलोना विजयी

काठमाडौं : स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित रहेको खेलमा बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ६० हौं मिनेटमा ड्यानियल राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि भिल्लारियल १० खेलाडीमा सीमित भएको थियो । त्यसैको फाइदा उठाउँदै लिगको अग्रस्थानमा रहेको बार्साका दुई खेलाडी लुइस सुआरेज र लिओनेल मेसीले १० मिनेटको अन्तरमा दुई गोल गरे । अर्को खेलमा एट्लेटिको म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो । बार्सिलोना अंक तालिकामा ५ अंकले शीर्षस्थानमा छ ।

Comments

Top