प्रहरीको फरार सुचीमा रहेका रेशम चौधरी यसरी बने सांसद

कैलाली । प्रहरीको फरार सुचीमा रहेका रेशमकुमार चौधरी सांसद बनेका छन् । उनी कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह ९गरिमा० ले १३ हजार ४०६ मत मात्र पाइन् । तेस्रो भएकी कांग्रेसकी इश्वरी न्यौपानेले ११ हजार २०३ मत ल्याइन् । चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए । यसैगरी प्रदेशसभा तर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्रनम्बर १ क मा राजपाका १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाए । यसैगरी क्षेत्रनम्बर १ ख मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी) ले ८ हजार ९०६ मत पाए ।

Comments

Top