मेस्सी भन्छन्–बार्साबाट खेल जीवनको अन्त्य गर्छु’

काठमाडौं : अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनाका लागि आजीवन खेल्ने आफ्नो इच्छा रहेको बताएका छन् । मेस्सीले आफ्नो फुटबल करिअरको अन्त्य बार्सिलोनाबाट गर्न चाहेको बताएका हुन्। उनले भने–‘बार्सिलोनाका लागि आजीवन खेल्ने मेरो इच्छा छ र यहीबाट खेल जीवनको अन्त्य गर्न चाहेको छु ।’ ‘जुन मैले सधै कल्पना गर्थे र सधै चाहन्छुँ,’ अस्ट्रेलियाको मेलबर्नमा ब्राजिलविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेका मेस्सीले भने। २९ वर्षीय मेस्सी १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना आएका थिए। उनी १७ वर्षको उमेरमा पहिलो पल्ट बार्सिलोनाको टिममा देखा परे। मेस्सीले बार्सिलोनाबाट ५ सयभन्दा बढि गोल गरिसकेका छन्। उनी सहभागी भएको बार्सिलोनाले ८ पल्ट ला लिगाको उपाधि, ४ पल्ट च्याम्पियन्स लिग, ५ पल्ट बालोन डि’ओरको उपाधि जितिसकेका छन्।

Comments

Top