पाण्डेसँग झन्डै १० हजार फरक मतान्तरले प्रचण्ड निर्वाचित

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रचण्डले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका छन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।

Comments

Top