महेश बस्नेतले भने -भक्तपुरलाई व्यवस्थित सहर बनाएर गुण्डागर्दी अन्त्य गर्छु

भक्तपुर । प्रतिनिधि सभाको भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका नेकपा एमालेका नेता एबम युवा संघका पुर्व अध्यक्ष महेश बस्नेतले भक्तपुरलाई व्यवस्थित सहर बनाएर गुण्डागर्दी अन्त्य गर्ने वताएका छन् ।

 बस्नेतले प्रतिवद्धता अनुरुप भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल सुरु गर्ने पनि वताए ।

 आज  विजय सभालाई सम्बोधन गर्दै बस्नेतले भक्तपुरलाई पर्यटन क्षेत्र र स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने  पनि प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले अपेक्षित विजय हासिल गरेको हुँदा भक्तपुरको विकासका लागि सहज भएको उनको दाबी थियो ।

Comments

Top