उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणसँगै अमेरिका, दक्षिण कोरिया, जापान र रुस खतरामा

काठमाडौं : उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिका, दक्षिण कोरिया, जापान र रुस खतरामा परेका छन् । उत्तर कोरियाले यो सँगै यस वर्षभित्र मात्रै ९ औं क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ । पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ती जनाइ सकेका छन् । अमेरिकी रक्षामन्त्रीले उत्तर कोरियाका कारण ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् । उत्तर कोरियाको कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरा परेको उनको भनाइ छ । जापानले पनि  क्षेप्यास्त्र परीक्षणलाई उत्तेजनात्मक गतिविधिको संज्ञा दिएको छ ।

Comments

Top