प्रधानमन्त्रीको दाबी गरेका बामदेव नै पराजयको नजिक

बर्दिया । कम्युनिष्ट गठबन्धनका लागि सूत्रधार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रतिनिधि सभा निर्वाचनमै हारनजिक पुगेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय कुमार गौतमले पछाडि धकेलेका हुन् । ७० प्रतिशत भन्दा बढी मत गणना हुँदा बामदेव २८ सय भन्दा बढी मतले पछाडि परेका छन् । संजयको ३५ हजार ६ सय ६९ मत रहेको छ भने बामदेवको ३२ हजार ८ सय १० मत रहेको छ । नेकपा माओवादी केन्द्रसंग गठबन्धन गर्नका लागि बामदेवले नै महत्वपूर्ण भुमिका खेलेका थिए ।मुख्य योजनाकार भएकैले पनि कम्युनिष्ट गठबन्धनले जितेमा बामदेव नै प्रधानमन्त्री बन्छन् भन्ने अड्कल रहँदै आएको थियो ।

Comments

Top