ललितपुर क्षेत्र नं १ मा ६ हजार बढी मत ल्याई पूर्व डिआईजी सिलवाल विजयी

काठमाडौ। सर्बाधिक चासोका साथ हेरिएको ललितपुर क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार पूर्व डीआईजी नवराज सिलवाल विजयी भएका छन् । सिलवालले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाभन्दा ६ हजार २ सय सत्र मत मत बढी ल्याएर बिजयी भएका हुन । अन्तिम मत परिणाम अनुसार नवराज सिलवालले २६हजार ९ सय ४६ मत ल्याए भने उदयशमशेर राणाले २०हजार ७ सय २९ मत प्राप्त गरेका हुन ।  

Comments

Top