प्रकाशमानसँग झिनो मतले पराजित भएपछि मिश्रले भने-छोटो अवधिमै उत्साह थपिएको छ

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । सिंहले १० हजार ९ सय ३७ मत पाए भने  मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरे ।

 वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने  ५ हजार ३३५ मत ल्याए ।

   चुनाव हारे लगत्तै मिश्रले अर्को चुनावमा पार्टीलाई जित दिलाउनका लागि अहिलेको चुनावी नतिजाले आफूहरुमा उत्साह थपेको बताए । पार्टी गठन भएको छोटो अवधिमै यति धेरै मत आउनु सकारात्मक भएको र यसले आफूलाई उत्साह थपेको उनले बताए ।

Comments

Top