माओवादी केन्द्रको रुकुमबाट बिजयी सुरुवाट ,रुकुम पूर्वमा कमला विजयी

रुकुम । रुकुम पूर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ।  संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन्। प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरुमा उत्साह छाएको छ।

Comments

Top