नेपाललाई एजुकेशन हब बनाउन प्रयास गर्नेछु

निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सनमा नयाँ नेतृत्व आएको छ । युवा पुस्तामा आएको नेतृत्वमा उपाध्यक्ष पदमा निर्वाचित भ्याली पब्लिक उच्च माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी प्याव्सनका साथै विद्यार्थी र अभिभावकको हितका लागि काम गर्दै अगाडि बढ्ने बताउनुहुन्छ । सरकारले एकलौटी रुपमा विना तयारी नीति बनाउँदा त्यसले विद्यालय क्षेत्रमा गम्भिर असर परेको उहाँको भनाई छ । प्याब्सनको काम, कर्तव्य, अधिकार, भ्यालि पब्लिकको अवस्था, नेपालको शैक्षिक अवस्था, भावि योजना लगायतका विषयमा उपाध्यक्ष अधिकारीसँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी : krishna prasad adhikari ० प्याब्सनको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ, अब कसरी अगाडि बढ्नुहुन्छ ? – प्याब्सनमा म पहिलो पटक प्रवेश गरेको होइन । वि.सं. २०५० सालदेखि नै प्याब्सनमा आवद्ध रहँदै आएको छु । काठमाडौं जिल्ला सदस्य हुँदै चार पटक सम्म केन्द्रिय सदस्य, दुई पटक केन्द्रिय सचिव र प्रदेश उपाध्यक्ष हुँदै अहिले उपाध्यक्ष भएको हुँ । उपाध्यक्षमा निर्वाचित हुँदा खुसी छु । खुसी सँगसँगै जिम्मेवारी पनि थपिएका छन् । आफ्नो जिम्मेवारी बोध गर्दै प्याव्सन सँगसँगै विद्यार्थी र अभिभावकको हितका लागि काम गर्दै अगाडि बढ्नेछु । ० प्याब्सनले के–के काम गर्दै आएको छ ? – प्याब्सन भनेको निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन हो । यसको मुख्य काम भनेको निजी तथा संस्थागत विद्यालयहरुलाई केन्द्रित गरेर अगाडि बढ्नु नै हो । प्याब्सनले विद्यालयहरुको हक हितका लागि काम गर्दै नीति नियम निर्माण गर्ने, निर्देशिका बनाएर अगाडि बढ्ने वातावरण सिर्जना गर्ने काम गर्छ । विद्यालय कसरी सञ्चालन गर्ने, विद्यालय सञ्चालन गर्ने बाटो कसरी फराकिलो बनाउने भन्ने नै प्याब्सनको मुख्य काम हो । ० प्याब्सनमा अहिले कति विद्यालयहरु आबद्ध छन् ? – प्याब्सनमा ३५ सय भन्दा बढि विद्यालयहरु आवद्ध छन् । ० पछिल्लो समयमा प्याब्सनमा राजनीति हावी भयो भन्ने पनि आवाज उठिरहेको छ नि ? – हो, प्याब्सनमा राजनीति भएको हो कि भन्ने मलाई पनि लागेको छ । प्याब्सन सञ्चालन गर्ने पनि यहि देशका नागरिक हुन् । यो देशमा राजनीतिले कत्तिको प्रभाव पारेको छ, त्यो तपाईं हामी सबैलाई थाहा छ । तर, भर्खरै भएको निर्वाचनले के देखाएको छ भने जो सदस्यहरु हुनुहुन्छ उहाँहरुले चाहिं प्याब्सनमा राजनीति हुनुहुन्दैन भन्ने नै सोच्नुहुँदो रहेछ भन्ने देखाएको छ । यदि राजनीति नै हावी भएको भए कुनै एउटा पार्टीको भातृ संस्था जस्तो भइहाल्थ्यो नि होइन र ? अहिलेको निर्वाचनमा विभिन्न पार्टीमा आस्था राख्नेहरु नेतृत्वदायि भूमिकामा आउनु भएको छ । यसले के देखाउँछ भने प्याब्सनमा अब राजनीति हावी हुँदैन । ० प्याब्सन अब कसरी अगाडि बढ्छ ? – वास्तवमा यस अघिका नेतृत्वकर्ताहरु पनि आफ्नो कार्यकाललाई सफल बनाउन प्रयत्न गर्नु भएकै हो । उहाँहरु पनि सफल हुनुभयो । तर, अहिलेको नेतृत्व चाहिं दोस्रो पुस्ताको हो । प्याब्सनमा अहिले युवाहरुले नेतृत्व आएको छ । अबको नेतृत्वले २१ औं शताब्दिको शिक्षालाई फराकिलो बनाउने, शिक्षामा आइटिको विकास गर्ने, विद्यार्थी र अभिभावकहरुले विश्वास गर्न सक्ने विद्यालय बनाउने, नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्न पहल गर्ने लक्ष्य बोकेर हामी अगाडि बढेका छौं । ० प्याब्सन र एन प्याब्सनबीच विचार बाझिंदै आएको छ नि ? – प्याब्सन र एन प्याब्सनबीच कुनै पनि विवाद छैन र विचार बाभिंmदै आएको पनि छैन । विभिन्न कारणले गर्दा एन प्याब्सनको जन्म भएको भए पनि यि दुई संस्थाबीच तात्विक भिन्नता भने केही पनि छैन । दुई संस्थाका विचमा बाझिएका विषयहरु विस्तारै मिल्दै गएका पनि छन् । ० यि दुई संस्था एकै भएर अगाडि बढ्न सक्दैनन् ? –  दुबै संस्था एक भएर अगाडि बढ्ने संभावना पनि बढेर गएको छ । त्यस विषयमा पनि कुरा चल्दै गएका छन् । ० सरकारले परिवर्तन गर्ने नीति, नियमले विद्यालयहरुमा कत्तिको प्रभाव परेको छ ? – सरकारले एकलौटी रुपमा परिवर्तन गर्ने नीति नियमले एकदमै धेरै असर परेको छ । सरकारले लगानी गरेको विद्यालय र निजी स्तरबाट सञ्चालन भएका विद्यालयको अन्तर धेरै नै फरक देखिएको छ । निजी स्तरबाट सञ्चालन भएका विद्यालयको नतिजा राम्रो देखिएको छ । यो कुरा सरकारमा बसेर नीति नियम बनाउनेहरुले नै स्वीकार्नु भएको छ । कसरी भने उहाँहरुले नै आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहनु भएको छ । तर पनि सरकारले आफूखुसी नियम बनाउँदा अप्ठेरो भने परेकै छ । सरकारले ल्याएका नीति नियमहरु गलत छैनन् । तर, आजको भोलि नै परिवर्तन खोज्दा समस्या देखिएको हो । जस्तैः अहिले ग्रेडिमा पनि यस्तै समस्या देखिएको छ । त्यसका लागि सिमित समय दिएर, तालिम दिएर दक्ष बनाएपछि मात्र लागु गरेको भए अझै राम्रो हुन्थ्यो । सरकारले नीति मात्र बनाएर हुँदैन नि । सरकारले समयअनुसारको एउटा पाठ्यक्रम सम्म बनाउन सकेको छैन । अनी नीति र नियमको पछि लागेर मात्र हुन्छ र ? समय अनुसारको पढाई हुनुप¥यो नि । त्यसको लागि कम्तिमा समय अनुसारको पाठ्यक्रम त तयार गर्नसक्नुपर्छ । krishna prasad adhikari1 ० सरकारले विद्यालय सञ्चालन गर्नका लागि आफ्नै भौतिक संरचना हुनुपर्ने नीति बनाउँदै छ नि, यसले कस्तो नतिजा आउला ? – यो एकदमै राम्रो कुरा हो । आफ्नै भौतिक संरचना भएका विद्यालयहरुलाई सर्नु पर्ने बाध्यता हुँदैन । बन्द हुने संभावना कम हुन्छ । जसले गर्दा पढाइमा कुनै पनि असर पर्दैन । कुनै पनि विद्यालय बन्द हुनै हुँदैन । सरकारले पनि विद्यालय बन्द गर्न सिमित समय दिनुपर्छ । सबैभन्दा विद्यालय स्थापना गर्ने बेलामा नै सरकारले बलियो नीति बनाएर आवश्यक मापदण्ड पूरा भएकाहरुलाई मात्र विद्यालय सञ्चालनको अनुमति प्रदान गर्नुपर्छ । लाखौं विद्यार्थीहरुको भविश्यसँग सरोकार राख्ने क्षेत्रलाई हेलचेत्र्mयाई गर्नु हुँदैन । यसो भन्दै गर्दै भाडामा घर लिएर सञ्चालन भएका विद्यालयलाई के गर्ने त भन्ने पनि प्रश्न उठ्छ । सरकारले विद्यालयहरुलाई घर बनाउन ऋण त दिंदैन । त्यसैले सिमित समय दिएर २० वर्ष भन्दा बढिको सम्झौता गरेर मात्र विद्यालय सञ्चालन गर्ने अनुमति दिनुपर्छ । ० केही समय अघि केही विद्यालयले अभिभावकहरुलाई पत्र पठाएर विद्यालय बन्द हुँदैछ भन्ने जानकारी गराए, यसरी विचको समयमा विद्यालय बन्द गर्दा त विद्यार्थीको भविश्यमाथि खेलवाड भएन र ? – त्यो एकदमै गलत हो । कुनै विद्यालय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगे भने नजिकको विद्यालयको शरणमा जानु पर्छ । आफुखुसी व्यवहार गर्नु गलत हो । तर, त्यसको जानकारी कम्तिमा पनि दुई वर्ष अगाडि नै दिनुपर्छ । ० पछिल्लो सयमा सरकाले विद्यालय अब १२ कक्षासम्म सञ्चान हुनुपर्ने भन्ने विषयप्रति तपार्इंको धारणा के हो ? – यो एकदमै राम्रो पक्ष हो । तर, यसले एकदमै असर पार्छ । हामीजस्ता १२ सम्म सञ्चालन भइरहेका विद्यालयहरुलाई असर नपारे पनि अधिकांश विद्यालयलहरुलाई मर्कामा पर्छन् नै । दश सम्म सञ्चालन भइरहेका विद्यालयहरुले कसरी १२ सम्म अध्ययन गराउन सक्छन् ? त्यसको भौतिक संरचना कसले निर्माण गर्ने, शिक्षकहरुको व्यवस्थापन कसले गर्ने ? यस्ता यावत प्रश्नहरु तेर्सिएका छन् । अर्को पक्ष आठसम्म झर भन्ने पनि छ । तर, त्यसबाट हुने घाटा कसले व्यहोर्ने त ? सरकारले दिन्छ त घाटा भएको रकम ? हो यस्तै समस्या देखिन्छन् । विना तयारी नीति परिवर्तन गर्दा यस्ता समस्याहरु देखिन्छन् । त्यसैले म भन्छु सरल, सबैलाई मान्य हुने नीति बनाउ“, जसले कसैलाई पनि अप्ठेरो नपरोस् । हामीले सरकारले बनाएको नीति मान्दैनौं कहाँ भनेका छौं र ? ० तपाइईंको विचारमा कसरी बढ्दा चाहिं उचित हुन्छ त ? – यसका लागि सबैभन्दा पहिले जुन ९–१२ को नीति सरकारले बनएको छ । त्यसलाई हटाउनु पर्छ । यसलाई व्यवहारमा ल्याउनका लागि समय दिनु पर्छ । २÷४ वर्षपछि यो अवश्य पनि व्यवहारमा आउ“छ । त्यसका लागि नेपालका शिक्षकहरुलाई नेपालमा नै बस्ने वातावरण मिलाउनु पर्छ । जति पनि साना विद्यालयहरु छन् तिनिहरुलाई सुविधा सम्पन्न हाई स्कुलमा मर्ज गर्ने वातावरण बनाउनु पर्छ । सबैभन्दा पहिले त्यो सरकारी विद्यालयबाट नै शुरु गर्नुपर्छ । ० प्रसंग बदलौं, भ्याली पब्लिक उमावि चाहिं कसरी सञ्चालन गरिरहनु भएको छ नि ? – भ्याली पब्लिक वि.सं. २०५० सालबाट सञ्चालन हुँदै आएको छ । म यसको संस्थापक प्रधानाध्यापक हुँ भने यसको अध्यक्षमा मेजर डिलबहादुर गुरुङ हुनुहुन्छ । म, मेरी श्रीमती, मेरा आत्मिय मित्रहरुलगायत गरेर २२ जना मिलेर पारिवारीक वातावरणमा निर्माण भएको विद्यालय हो यो । अहिले विद्यालयमा ९०० भन्दा बढि र कलेजमा १५० भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । एक सय जना कर्मचारीहरु विद्यालयमा आवद्ध हुनुहुन्छ । म विदेशतिर अलि बढि नै आउजाउ गर्ने भएकाले विदेशी शिक्षालाई केही मात्रमा बुझेको छु र विदेशी टेक्नोलोजी विद्यालयमा प्रवेश गराएको छु । सुलभ र सस्तो मूल्यमा गुणस्तरिय आधुनिक शिक्षा दिएका छौं । यहाँबाट पास भएका विद्यार्थीहरुले आफ्नो जीवनको गोरेटो आफैले कोरेका छन् । ० लामो समय शिक्षा क्षेत्रमा विताउँदाको अनुभव कस्तो छ ? – यति लामो समयमा मैले धेरै कुराको अनुभव लिएको छु । विद्यालय भनेको एक्लैले सञ्चालन गर्ने सकिंदौ रहेनछ । यसमा राष्ट्र, विद्यार्थी, अभिभावक सबैको सहयोग आवश्यक पर्छ । कसैले पनि यो मेरो विद्यालय भनेर घमण्ड गर्न हुँदैन । विद्यालय भनेको समाजको हो । मैले यो विद्यालयलाई समाजको सम्पत्ति सम्झेको छु । विद्यार्थीको कुरा गर्ने हो भने विद्यालयसँगसँग अभिभावकहरुले पनि विद्यार्थीमाथि हेरविचार गर्नुपर्छ । त्यतिमात्र होइन समाजमा रहेका हरेक व्यक्तिले विद्यार्थीको व्यवहारलाई मूल्यांकन गर्नुपर्छ । हामी सबैले असल कुनै विद्यार्थीलाई असल नागरिक बनाउन सकियो भने देशको विकास हुन्छ भन्ने सोच्ने हो भने विद्यालय पनि राम्रो बन्छ । नत्र भने विद्यालयले मात्रै परिवर्तन गर्छु भन्यो भने त्यो विद्यालय असल विद्यालय बन्न सक्दैन । ० भ्यालिमा १० जोड दुईमा कुन–कुन संकायको अध्ययन हुन्छ ? – हामीकहाँ विद्यार्थीहरुले विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न सक्छन् । ० भ्यालिको नतिजा चाहिं कस्तो छ नि ? – एकदमै राम्रो छ । अहिले हाम्रो यो अठारौं व्याज हो । अहिलेसम्म एक जना पनि विद्यार्थी फेल भएका छैनन् । ० भावि योजना के छ त ? – मैले कलेजलाई अझै व्यवस्थित बनाउने सोचेको छु । भ्यालि पब्लिक भनेको आफ्नो जग्गामा निर्माण भएको विद्यालय हो । यो विद्यालय १६ रोपनी जग्गामा फैलिएको छ । मैले चार रोपनी जग्गा कलेजको लागि छुट्याएको छु । त्यसमा चाहिं म पृथक कलेज चलाउने पक्षमा छु । नेपाल सरकारले विद्यालय भित्र कलेज सञ्चालन हुनुपर्ने नीति बनाएकोले मैले कलेज र विद्यालय सँगै सञ्चालन गरिरहेको छु । तर, भविश्यमा कलेजलाई अझै व्यवस्थित र राम्रो बनाउँदै लैजाने सोचमा छु । ० अन्तिममा, प्यव्सनमा सदस्य विद्यालय, विद्यार्थी तथा अभिभावकहरुलाई के भन्नुहुन्छ ? – म भर्खरै मात्र प्याब्सनको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएको छु । यो देशको शिक्षा नीतिलाई बलियो बनाउनका लागि नै म नेतृत्वमा आएको छु । मेरा विद्यार्थी, अभिभावकहरुलाई के विश्वास दिलाउन चाहन्छु भने भ्यालि पब्लिक भनेको एउटा स्थापित विद्यालय हो । यहाँ अध्यनय गरिरहेका विद्यार्थीहरुले गुणस्तरिय शिक्षा सँगसँगै बाह्य क्रियाकलापहरु जस्तै खेलकुद, कलालगायतको दैनीक जीवन उपयोग शिक्षा पाएका छन् । अभिभावकहरुको लगनी खेर गएको छैन । मैले अघि पनि भने विद्यालयलाई राम्रो बनाउन प्रिन्सिपलको पहलले मात्र केही हुँदैन । त्यसैले विद्यार्थी, अभिभावक, कर्मचारी सबैलाई एकजुट भएर हातेमालो गर्दै विद्यालयलाई अझै राम्रो बनाउन आग्रह गर्दछु ।

Comments

Top