बाम गठबन्धनको दुई तिहाई पुगे संविधान नै खारेज हुने खतरा : प्रधानमन्त्री

वीरगन्ज। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले दुई तिहाई पाए वर्तमान संविधानलाई खारेज गरी एक दलिय कम्युनिष्ट शासन लादने दाउमा रहेको खुलाशा गरेका छन् । उनले अहिलेको संविधानलाई संशोधन गरी राष्ट्रिपतिय पद्यत्ती लागु गर्दै मुलुकमा डर त्रास कायम गर्दै तानाशाही कम्युनिष्ट साशन व्यवस्था लगाउन बाम गठबन्धनले चाहेको दावी गरे। नेपाली काँग्रेस पर्साले बिहिबार वीरगन्जमा आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्दै सभापति देउवाले संवैलाई अधिकार सम्पन्न बनाएको संसदिय व्यवस्थालाई समाप्त पार्ने दाउमा बाम गठबन्धन रहेको दावी गर्दै उनले कम्युनिष्टहरुको दुई तिहाई पुगे लोकतन्त्रलै समाप्त हुने खतरा रहेकोले सोबाट सजगभई लोकतन्त्र रक्षाका लागि आफ्नो मत काँग्रेसका उम्मेदवारलाई दिन अपिल गरे। नेपाल सबै धर्म, जातजाती भाषा भाषीको देश भएको र यसमा मधेसीलाई संविधान संशोधन गरी समान अधिकार दिन बाकी रहेकोमा वर्तमान संविधानलाई नै कम्युनिष्टहरुले समाप्त पार्ने खेलमा लागेको सभापति देउवाले आरोप लगाए । सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन विदेशी लगाउनी नेपाल भित्र्याउन आवश्यक रहेको बताए ।  

Comments

Top