अत्याधिक चिसो बढ्दा तराइमा समस्या

काठमाडौं : मंसिर महिना लागेसँगै तराईमा अत्याधिक चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित भएको छ । चिसो हावा चल्ने र बाक्लो कुहिरो लाग्दा सर्वसाधरणको जनजीवन प्रभावित बनेको हो । महोत्तरीलगायत आसपासका क्षेत्रमा दैनिक तापक्रम घटिरहेको छ । आइतबार १० देखि १३ डिगिबवीच रहेको महोत्तरीको तापक्रम सोमबार ८ डिग्रीमा झर्यो । चिसोका कारण अस्पतालहरुमा निमोनिया, दम जस्ता बिरामीको चाप बढ्न थालेको छ । चिसोको असर चौपाया र हिउँदे बालीमासमेत परेको छ । चिसोका कारण परेको समस्यामा केही हदसम्म कम गर्नका लागि भन्दै नेपाली सेनाले मंगलबारदेखि जलेश्वरका चोकचोकमा दाउरा र चिया वितरण सुरु गरेको छ । परिकौलीस्थित फस्ट राइफल गणले आफ्नै श्रोतसाधनबाट मटिहानी चोक, महेन्द्र चोक, मंदिर चोक र खयरा चोकमा बिहानैदखि दाउरा उपलब्ध गराएको हो ।

Comments

Top