केपी ओलीको 'होलसेल' शैली अँगाल्दा आयोगको जालोमा परे पाँच दैनिक पत्रिका

काठमाडौं । होलशेल शैलीमा प्रमुख दैनिक पत्रिकामा तस्बिरसहित आफ्नो पार्टीलाई भोट हाल्न आह्वान गर्दै विज्ञापन छापेको भन्दै निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण मागेको छ । मंगलबार पाँच दैनिक पत्रिकामा आचारसंहिता विपरित ओलीको तस्बिर र एमालेको चुनाव चिन्हसहितको विज्ञापन प्रकाशित भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण मागेको हो। आयोगले सोधेको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (ख१( को उपखण्ड ९२० विपरित मिति २०७४र०८र१२ गतेका कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिकलगायत पत्रिकामा पार्टीका अध्यक्ष श्री केपी शर्मा ओलीज्यूको तस्बिरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गारौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ ।’ आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसहित अन्य पाँच दैनिक पत्रिकालाई पत्र प्राप्त भएको २४ घण्टामा स्पष्टिकरण पेश गर्न अनुरोध गरेको हो । ‘उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन रु पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्नुहुन अनुरोध छ’, आयोगले पठाएको स्पष्टिकरणपत्रमा भनिएको छ ।

Comments

Top