खोयाबिर्केले बिगार्ला ज्यान

khoyaकाठमाडौ । मदिरा सेवनको लतले समाज र ब्यक्तिमा पारेको प्रभाव भिडियोमा देखाउन खोजेका छन् गायक, सङ्गीतकार निलमणी भण्डारीले । गायक भण्डारीको पछिल्लो चेतना मूलक चर्चित गीत खोयाबिर्केको म्युजिक भिडियाले यही कुरालाई प्रष्टाउछ । म्युजिक भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक म्युजिक भिडियोको अहिले चर्चा चुलिदो छ । भिडियोले दिन प्रतिदिन दर्शकको मन जितिरहेको देख्न सकिन्छ । डियोमा शिल्पा खोखरेल र कुमार केसी लगायतले अभिनय गरेका छन् भने कुमार केसीकैे निर्देशन रहेको छ । २०५८ बाट गायनमा होमिएका गायक भण्डारी भोजपुरका स्थानीय वासिन्दा हुन् । उनका मायाँ गाँसेर, चारतीरै बासना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म गीत बाहिर आएका छन् ।उनी शारिरीक रुपमा अपाङ्ग भएपनि सपाङ्ग सरि नै गीत संगीतमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

Comments

Top