बिक्रम पाण्डेको कार्यक्रममा जनताको भिड देखे पछि बाम गठबन्धनका नेताहरु आत्तिए

चितवन । लोकतान्त्रीक गठबन्धन चितवन क्षेत्र नम्बर ३ ले केशरवागको डेरीचोकमा आयोजित चुनावी घरदैलो कार्यक्रममा जनताको भिड देखेर बाम गठबन्धनका नेताहरु आत्तिएका छन् ।

 त्यहाँ लोकतान्त्रीक गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेद्वार एवं बनमन्त्री बिक्रम पाण्डे र प्रदेश सभा (क) तर्फका उम्मेद्वार दिनेश कोईरालालाई देखेपछि स्थानीयले घेरेका थिए भने कतिपयले देख्न नसक्ने अवस्था आउँदा छतमा पुगेर समेत कोणसभालाई अवलोकन गरेका थिए ।

  जसबाट पनि उम्मेद्वारहरुको लोकप्रियता प्रस्ट देखिन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद रामकृष्ण घिमिरेले देशमा राजनीति गर्ने समय सकिएको भन्दै बिकास निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले बिक्रम पाण्डे नै उपयुक्त उम्मेद्वार भएको बताएका थिए । समृद्ध चितवनको लागि लोकतान्त्रीक गठबन्धनले मन्त्री पाण्डेलाई नै रोजेको उनले वताए ।

 कोणसभालाई सम्बोधन गर्दे नेता बिक्रम पाण्डेले चितवनको क्षेत्र नम्बर ३ लाई देश कै नमुना क्षेत्र बनाउँने ,कृषि , उद्योग र पर्यटन क्षेत्रको बिकासमा जनतासंग सहकार्य गरेर अघि बढ्ने वताए।

Comments

Top