मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री दाहाल असन्तुष्ट

prachanda_2937459eकार्यशैली सुधार्न निर्देशन काठमाडौं : प्रधानमन्त्री एवम् माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई कार्यशैली सुधार्न र जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । सरकारको कामकारबाही सन्तोषजनक नभएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार बालुवाटारस्थित निवासमा माओवादी मन्त्रीहरुलाई बोलाएर गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड आक्रोशित रुपमा प्रस्तुत भएका थिए । मन्त्रीहरु संस्थागत निर्णयबाट नचलेको, नयाँ कार्ययोजना नल्याएको, जनपक्षीय काममा ध्यान नदिएको र पार्टीकै कार्यकर्ताहरुलाई चिढ्याएको भन्दै प्रधानमन्त्री प्रचण्डले आलोचना गरेको बताइएको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’भने सहभागी थिएनन् ।

Comments

Top