सबै मिलेर मुलुक जोगाऔं : डा. कोइराला

विराटनगर : नेपाली कांग्रेस मोरङ क्षेत्र न ६ बाट प्रतिनिधिसभाको उम्मेदवार डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता कोइरालाले विराटनगर तथा वुढिगंगा गाउपालिकामा मंगलबार आयोजित छुटाछुटै चुनावीसभालाई सम्वोधन गर्दै राजनितिक द्धन्दतर्फ मुलुक उन्मुख रहेकाले कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने बताए । कम्युनिष्टहरुका कारण मुलुक सर्वसत्तावाद र अधिनायकवाद तर्फ गइरहेको बताउँदै उनले संविधानलाई सर्व स्विकार्य बनाएर सबै जाती समुदायलाई पहिचान, पहुँच र प्रतिनिधित्व प्रदान गर्नपनी मुलुकमा कांग्रेसको नेतृत्व आवश्यक रहेको दावी गरे ।

Comments

Top