लोकमानले प्रहरीको दुरुपयोग गरी अख्तियारलाई किन प्रहरीमय बनाए ?

lokengकाठमाडौँ। निलम्वित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले क्षेत्रीय कार्यालयहरुमा नेपाल प्रहरीको एसएसपीलाई प्रमुखमा राखेर अाइजीपी कै हैसियत सरह निर्देशन दिँदै आएको खुलेको छ । अख्तियारको पाँच क्षेत्रीय कार्यालयमा निजामति सेवाका सह सचिव स्तरका कर्मचारी तोकिदै आएकोमा अहिले कार्यालयहरुमा एसएसपीहरु प्रमुख छन् ।

 लोकमानले निजामति कर्मचारीलाई विश्वास नगरी प्रहरीलाई हातमा लिएर प्रहरी संगठनमा प्रभाव बढाउँदै लगेका थिए ।

 स्टिङ अपरेशनका नाममा प्रतिशोध साँध्न सजिलो हुने तथा प्रहरीले चेन अफ कमाण्डमा रहेर काम गर्ने हुँदा गोप्य कुरा वाहिर नखुल्ने भएकाले लोकमानले निजामति कर्मचारीलाई विश्वास नगरी प्रहरीलाई विश्वास गरेका हुन। अख्तियारमा निजामति कर्मचारीको दरबन्दीलाई कटौति गर्दै प्रहरीको संख्या  बढाएका छन् ।

 लोकमानले ५४ जना प्राविधिकको दरबन्दी खारेज गरी  मन्त्रिपरिषद् मार्फत प्रहरीको संख्या थपेका थिए । अख्तियारमा रहने डिआइजीको पोस्टिङलाई पनि एआइजी बनाउन खोजेका  लोकमान त्यसमा भने सफल हुन सकेनन् ।

 खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले लोकमानको प्रस्ताव अनुसार अख्तियारको केन्द्रीय कार्यालयमा डीआईजीको नेतृत्वमा रहने प्रहरी दस्तामा एसएसपी र डीएसपी एक/एक जना प्रहरी निरीक्षक ३, राष्ट्रिय अनुसन्धानका डीएसपी र इन्स्पेक्टरको १ दरबन्दीसमेत थपिएको थियो।

 लोकमानले अनुसन्धान कार्यमा प्रभावकारिता ल्याउने नाममा  प्रहरी महाशाखा अन्तर्गत छुट्टै इन्टेलिजेन्स इकाई खडा गरी नेपाल प्रहरी र सशस्त्रका उच्च अधिकारीहरुको क्रियाकलाप  गोप्य रुपमा निगरानी गर्दै आएका थिए ।यसमा लोकमानका गुप्तचरहरु भवानी सुबेदी, दान वहादुर थापा र गोबर्दन श्रेष्ठ हाबी थिए ।

Comments

Top