ट्राफिक प्रहरी महाशाखाले ल्यायो बिषेश सडक सुरक्षा रणनीति

traficdiigकाठमाडौं  ।  सुरक्षित यात्राको सुनिश्चितताको लागि भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले  बिषेश सडक सुरक्षा रणनीति ल्याएको छ ।  हिन्दुहरुको महान चाड   बडादसैं, तिहार,छठ पर्वका समयमा  सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु बोक्ने, लामो रुटमा चल्ने सवारी  साधानमा दुईजना चालक नराख्ने,चालकले मादक पदार्थ सेवन गर्ने, तीब्र गतिमा सवारी  साधनचलाउने जस्ता बिभिन्न कारणहरुले  चाडपर्बहरुमा गम्भिर प्रकृतिका दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने हुँदा सडक सुरक्षा रणनीति ल्याइएको हो । चाडबाडका समयमा हुनसक्ने सवारी दुर्घटनाहरुको न्यूनिकरण गरी सुरक्षित यात्राको सुनिश्चितताका लागी महाशाखाले बिषेश सडक सुरक्षा रणनिति तयार गरी कार्यान्वयनमा ल्याएको छ । बिषेश सडक सुरक्षा रणनिति अन्तर्गत ट्राफिक प्रहरी महाशाखाद्वारा नियमित चेकिङ बाहेक अन्य सरोकारवाला निकायहरुसंग समेत समन्वय गर्दै थप जनशक्ति परिचालन गरी निम्न बमोजीमका कृयकलापहरु ब्यापकतासाथ संचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । १.    उपत्यकाका मुख्य १२ स्थानहरु ९कलंकी,बल्खु,नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भु,तीलगंगा,चाबेल, बौद्ध जोरपाटी, लगनखेल लगायत मा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुको पिरमर्का रगुनासोहरुको समाधान गर्ने । २.    लामो रुटमा चल्ने सवारी  साधानमा अनिवार्य रुपमा २ जना चालकको व्यवस्था गर्नुपर्ने प्राबधानलाई कडाईकासाथ कार्यान्वयन गर्न लगाउने । विषेशगरी नागढुंगा नाका भई उपत्यका बाहिर जाने लामोदुरीका बसचालकहरुको फोटोखिचि अभिलेख राख्ने । ३.    उपत्यका बाहिरिने सम्पुर्ण नाकाहरुमा लामोदुरीका बस चालकहरुले मापसे गरेको छ, छैन चेक गर्ने । ४.    टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउने, सवै टिकट काउण्टरहरुबाटै विक्री गर्ने, विचौलियालाई प्रवेश नदिने  । बढी भाडा लिने, दोहोरो टिकट काटने, नक्कली टिकट बेच्नेलाई कार्वाही गर्ने । ५.    लामोदुरीका सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने ब्यबस्थालाई कडाईकासाथ कार्यान्वयन गर्न लगाउने । ६.    चाड पर्वको अवसरमा मा।प।से। गरी सवारी साधन चलाउन सक्ने  सम्भावना अन्य  अवस्थामा भन्दा बढी हुने भएकोले मा।प।से। चेकिङ्गलाई दिन र रातको समयमा समेत अझ बढी प्रभावकारी रुपमा संचालन गर्ने ।तीब्रगतिमा  सवारी  साधन चलाउने प्रबृतिलाई नियन्त्रण गर्ने । ७.    उपत्यकाको ३३ स्थानमा ट्राफिक चेकप्वाईन्टहरु राखी २४सै घण्टा कभर हुनेगरेर  विशेषगरी मापसे। र तीब्र गतिलाई लक्षित गरी चेकिङ गरिने ।

Comments

Top