मोदीलाई फकाउन ओलीको छ लाखको उधारो केक

oli and dahalकाठमाडौं । भारतले लगाएको नाकाबन्दीका बेला कथित राष्ट्रवादी छवि बनाएका नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नरेन्द्र मोदीलाई खुसी बनाउन कतिसम्म गरेका रहेछन् भन्ने कुरा यस पटकको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका बेला छर्लङ्ग भएको छ । ओलीले मोदीको जन्मदिनमा नयाँ दिल्लीस्थित होटेल ताजमा लाखौं खर्चेर भव्य पार्टी दिएको खुलासा भएको हो । उधारोमा गरिएको पार्टीको रकम प्रचण्डको निर्देशनमा बल्ल नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ताज होटललाई बुझाएको स्रोतले जनाएको छ । मदिरासहितको सो पाटीमा ओलीले मोदीलाई छ लाखको केक किनेर उपहार दिएका थिए । सोही ताज होटेलमा ओलीले दिएको पाटीमा मदिरा खाएर त्यति बेलाको टोलीले आतंक मच्चाएको थियो । ओलीले मोदीलाई केक काटेर पनि खुवाइएका थिए । केकको मूल्य नै छ लाखको रहेको स्रोतको भनाइ छ । प्रचण्डको स्वागतमा राजदूतावासले ककटेल पाटीको तयारीमा होटेल ताजमा कुरा गर्न गएका बेला छ लाखको केक उधारोमा किनेको रहस्य खुलेको थियो । अघिल्लो पटक ओली आएका बेला नरेन्द्र मोदीको जन्मदिन मनाउन ओलीले छ लाखमा किनेको केकको पैसा र अहिले प्रचण्डको स्वागतमा हुने पाटीको १८ लाखसहित २४ लाख रुपियाँ नतिरे कुनै कार्यक्रम नगर्ने ताज होटेलले चेतावनी दिएको थियो । चेतावनी पछि राजदूतावासका कर्मचारीले अरु नै होटेलमा ककटेल पाटी राख्न खोजेका थिए । तर, सुरक्षाका कारण अरु होटेलमा जान नसक्ने भारतीय सुरक्षाकर्मीले जनाएपछि बाध्य भएर ओलीले मोदीलाई किनेको छ लाखको उधारो केकको पैसा तिरिएको थियो । ताज होटेलको चेतावनी पछि तत्काल प्रचण्डलाई यसको जानकारी दिइएको थियो । प्रचण्डले ओलीको इज्जत जोगाइदिन होटेललाई तत्काल पैसा तिर्न निर्देशन दिएका थिए ।यूनाइटेड पोस्टमा खबर छ । काठमाडौं । भारतले लगाएको नाकाबन्दीका बेला कथित राष्ट्रवादी छवि बनाएका नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नरेन्द्र मोदीलाई खुसी बनाउन कतिसम्म गरेका रहेछन् भन्ने कुरा यस पटकको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका बेला छर्लङ्ग भएको छ । ओलीले मोदीको जन्मदिनमा नयाँ दिल्लीस्थित होटेल ताजमा लाखौं खर्चेर भव्य पार्टी दिएको खुलासा भएको हो । उधारोमा गरिएको पार्टीको रकम प्रचण्डको निर्देशनमा बल्ल नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ताज होटललाई बुझाएको स्रोतले जनाएको छ । मदिरासहितको सो पाटीमा ओलीले मोदीलाई छ लाखको केक किनेर उपहार दिएका थिए । सोही ताज होटेलमा ओलीले दिएको पाटीमा मदिरा खाएर त्यति बेलाको टोलीले आतंक मच्चाएको थियो । ओलीले मोदीलाई केक काटेर पनि खुवाइएका थिए । केकको मूल्य नै छ लाखको रहेको स्रोतको भनाइ छ । प्रचण्डको स्वागतमा राजदूतावासले ककटेल पाटीको तयारीमा होटेल ताजमा कुरा गर्न गएका बेला छ लाखको केक उधारोमा किनेको रहस्य खुलेको थियो । अघिल्लो पटक ओली आएका बेला नरेन्द्र मोदीको जन्मदिन मनाउन ओलीले छ लाखमा किनेको केकको पैसा र अहिले प्रचण्डको स्वागतमा हुने पाटीको १८ लाखसहित २४ लाख रुपियाँ नतिरे कुनै कार्यक्रम नगर्ने ताज होटेलले चेतावनी दिएको थियो । चेतावनी पछि राजदूतावासका कर्मचारीले अरु नै होटेलमा ककटेल पाटी राख्न खोजेका थिए । तर, सुरक्षाका कारण अरु होटेलमा जान नसक्ने भारतीय सुरक्षाकर्मीले जनाएपछि बाध्य भएर ओलीले मोदीलाई किनेको छ लाखको उधारो केकको पैसा तिरिएको थियो । ताज होटेलको चेतावनी पछि तत्काल प्रचण्डलाई यसको जानकारी दिइएको थियो । प्रचण्डले ओलीको इज्जत जोगाइदिन होटेललाई तत्काल पैसा तिर्न निर्देशन दिएका थिए ।

Comments

Top