प्रेमीकाको लागि ग्यालेक्सी छाड्दै सलमान

Salman Khan to marry Iulia Vantur

काठमाडौं :
बलिउड नायक सलमान खानले मुम्बइमा रहेको आफ्नो ‘ग्यालेक्सी अपार्टमेन्ट’ छाड्ने भएका छन् । भारतीय मिडियाका अनुसार सलमानले घर छाड्नुको मुख्य कारण, उनकी प्रेमिका लुलिया वन्तुर हुन् । लुलियाका लागि सलमानले नयाँ घर किनेका छन् र उनी चाडै नै त्यहाँ सिफ्ट हुँदैछन् । सलमान र लुलियाले नोभेम्बर महिनामा बिहे गर्न लागेको चर्चा यस अघि देखि नै चल्दै आएको छ ।
सलमान पुरा परिवारसहित बान्द्राको लिटिल स्टार विल्डिङमा सिफ्ट हुन लागेका हुन् । सलमानको अहिले यो घरको तयारी भैरहेको छ । खान परिवारले पुरै टावर नै खरिद गरेको छ । मिडिया रिपोर्टका अनुसार सलमानले यही घरमा लुलियालाई भित्राउने तयारी गरेका छन् । सलमानले ग्यालेक्सी अपार्टमेन्ट भने तत्काल नवेच्ने भएका छन् । विगत ४० सालदेखि सलमान आफ्नो परिवारसहित यो अपार्टमेन्टमा बस्दै आएका छन् । –एजेन्सी

Comments

Top