एसीयूका प्रतिनिधिमार्फत सूचना प्रदान गर्दै एक्सपर्ट

expert logoकाठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको संस्था हो एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएर अष्ट्रेलियाका लागि मात्रै काम गर्दै आएको तथा परामर्श क्षेत्रमा छुट्टैै पहिचान बनाई सकेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिेज प्रालिले नेपाल तथा अष्ट्रेलियामा गरी १० स्थानबाट विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । ‘फस्ट ह्याण्ड इन्फरमेशन’ प्रदान गर्दै आएको एक्सपर्टले भोली(शुक्रबार) पनि विद्यार्थीहरुलाई अष्ट्रेलियन विश्वविद्यालयको प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क गराई सूचना प्रदान गर्ने भएको हो । एक्सपर्टले अष्ट्रेलियन क्याथोलिक यूनीभर्सीटी(एसीयू) की प्रतिनिधि लुईस हवाईमार्फत ‘फस्ट ह्याण्ड इन्फरमेशन’ प्रदान गर्दैछ । एसीयूकी सिनियर म्यानेजर लुईसले एक्सपटको कार्यालय पुतलीसडकमा शुक्रबार १ बजेदेखि ३ बजेसम्म आयोजना हुने सूचना आदान प्रदान कार्यक्रममा अष्ट्रेलियाको शैक्षिक नीति, त्यहाँको अवस्था र एसीयूका बारेमा पूर्ण जानकारी दिने एक्पर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौलाले बताउनु भयो । अष्ट्रेलियन शिक्षालाई प्रवद्र्धन गर्दै आएको एक्सपर्ट मासिक रुपमा सेमिनार तथा वर्षमा दुईपटक अष्ट्रेलियन विशेष शैक्षिक मेला आयोजना गर्दै आएको छ । एक्सपर्टका जनरल मेनेजर जयराम अर्याल भन्नुहुन्छ–‘हामीले नेपाली विद्यार्थीहरुलाई सहि सूचना प्रदान गर्नका लागि अष्ट्रेलियाका शैक्षिक संस्थाका प्रतिनिधिहरुलाई नेपाल भित्र्याएर प्रत्यक्ष कुराकानी गराउँदै आएका छौं, जसले गर्दा विद्यार्थीहरुले कलेजका प्रतिनिधिसँग पूर्ण जानकारी लिन सक्छन् ।’ कार्यक्रममा एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै अष्ट्रेलियाका शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागतलगायतका विषयमा परामर्श सेवा प्रदान गर्नेछ । अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको एक्सपर्टमा सोलुसिटर लयर, रजिष्टर माइग्रेसन एजेन्ट, क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरु आवद्ध हुनुहुन्छ ।

Comments

Top