चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ

muktiram-shresthaकाठमाडौं  : नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा. मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । डा. श्रेष्ठले प्रतिद्वन्द्वी डा. रमेश ढकाललाई पराजित गरेका हुन् । श्रेष्ठले एक हजार ६५२ मत प्राप्त गरेका थिए भने ढकालले एक हजार १३२ मत प्राप्त गरेका थिए । कांग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की विजयी भएका छन् । कोषाध्यक्षमा भने समावेशी समूहका डा रक्षा श्रेष्ठ विजयी भइन् । सहसचिवमा डा अभिमन्यू झा, सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी विजयी भए । त्यसैगरी सदस्यमा डा सञ्जीव तिवारी, डा शैलेश प्रधान, डा अनिलविक्रम कार्की, डा कृष्ण पौडेल, डा विश्वराज दवाडी र डा बद्री रिजाल निर्वाचित भएका छन् । पाँच हजार ३०५ सदस्य रहेको संघको उपत्यका र उपत्यका बाहिर गरी दुई चरणमा सम्पन्न निर्वाचनमा दुई हजार ८६९ मत खसेको थियो । काठमाडौँ उपत्यकामा एक हजार ४७५ र उपत्यका बाहिरका १५ शाखाबाट एक हजार ३९४ मत खसेका थियो ।

Comments

Top