कर्णेल लामा निर्दोष सावित, न्यायको जित

kumarlamaकाठमाडौं । नेपाली सेनाका कर्णेल कुमार लामा निर्दोष सावित भएका छन् । मंगलबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट फौजदारी अदालतले लामालाई दोषी ठहर्याउन सक्ने आधार नभएपछि उनलाई निर्दोष सावित गरेको हो । झन्डै साढे तीन वर्षदेखि बेलायतमा यातना सम्बन्धि मुद्दा खेपिरहेका कर्णेल लामामाथि सशस्त्र द्धन्द्धकालमा कपिलवस्तुको गोरुसिंगेमा रहेको ब्यारेकमा थुनुवाहरुलाई यातना दिएको आरोप लागेको थियो । उनीविरुद्ध जनकबहादुर राउत र करम हुसेनले द्वन्द्वकालमा यातना दिएको भन्दै उजुरी दिएका थिए । सोही आरोपमा दक्षिण सुडानस्थित यूएन मिसनबाट छुट्टिमा परिवार भेट्न बेलायत पुगेका बेला उनलाई सन् २०१३ मा बेलायती प्रहरीले नियन्त्रणमा लिएको थियो ।अदालतमा छोरीसहित उपस्थित कर्णेल लामाले फैसलापछि न्यायको जित भएको प्रतिक्रिया दिए ।

Comments

Top