रिस्तीका आठ घर बाढीले पुरिए

badhiलमजुङ, । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ ।

  बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ । आज बिहान २ बजेतिर आएको बाढीले स्थानीयवासी चन्द्रबहादुर बसौला, जगतबहादुर गौली, विष्णुप्रसाद पौडेल, बोधकुमारी पौडेल, कुलप्रसाद पौडेल, नारायणदत्त पौडेलको घरमा आंशिक क्षति भएको छ ।बाढीे मध्यरातमा अएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । मिर्लुङको लप्सी भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरो गर्जनका साथ आउँदै गर्दा स्थानीयवासी भाग्न सफल भएका हुन् ।

Comments

Top