चितवनमा शुरु भयो गुण्डा आतंक, मध्यरातमा रेस्टुरेन्ट तोडफोड

चितवन ।  चितवनमा पछिल्लो समयमा गुण्डा आतंक, चन्दा आतंक र बेश्याबृतिजस्ता अवैध क्रियाकलाप बढ्न थालेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाको कमजोर सुरक्षा संयन्त्र र उनको भ्रस्ट कार्यशैलीले गर्दा अबैध धन्दा गर्नेहरुको मनोबल बढेर गएको छ । आफैले कारवाहीको दायरामा ल्याएका चोरी गाडीको पाटपुर्जा बिक्री गर्ने गिरोहसँग उनको दिनहु उठबस बढ्न थालेपछि तल्लो तहका प्रहरीले समेत काम भन्दा पनि असुली धन्दालाई अंगालेका छन्। यति सम्मकी प्रहरी हेडक्वार्टरको उजुरी छानविन गर्ने समितीले प्रहरी आचरण बिपरित काम गरेको भन्दै दोशी ठहर गरी कारवाहीका लागि सिफारिस गरेका प्रहरीलाई नै उनले घुमुवा बनाएर अबैध असुली जस्ता काममा खटाएका छन्। जसका कारण चितवनमा शान्ति सुरक्षाको अवस्था नाजुक बन्दै गएको प्रहरी अधिकारीहरु नै वताउंछन्। नारायणगढका अधिकाँस ट्रान्स्पोर्ट, बेश्याबृति चलाऊंदै आएका सौराहाका होटेल/लजहरुबाट एसपीको नाममा मासिक रकम असुल्ने प्रहरीको व्यवहारले राम्रो काम गर्ने होटेल व्यवसायीहरु तर्सित हुन थालेको एक होटल व्यवसायी वताउंछन् । प्रहरीको काम शान्ति सुरक्षा दिने भन्दा पनि असुलीमा मात्र केन्द्रित हुन थालेपछि गुण्डागर्दीमा कहलिएको समुह सक्रिय हुन थालेको छ । गुण्डा समुहकै झगडाका कारण बिहीवार राती भरतपुरमा रहेको फाल्सा रेस्टुरेन्टमा तोडफोड भएको छ । प्रहरी स्रोतका अनुसार एमाले निकट राहुल सिंहको समुहले बिहिबार राती अनुशा पाठकले संचालन गरेको फाल्सा रेस्टुरेन्टमा तोडफोड गरेको हो । तोडफोडबाट रेस्टुरेन्टमा  सामान्य क्षती भएको प्रहरीले जनाएको छ । एक एजुकेशन कन्सल्टेन्सी संचालक समेत रहेका सिंहले फ्रान्स पठाउने भन्दै भरतपुरकै राकेशमान श्रेष्ठसँग १२ लाख रकम  लिएको र बिदेश पठाउन नसकेपछि श्रेष्ठले पैसा फिर्ता माग्दा उल्टै प्रहरी लगाएर फसाइदिने धम्की दिने गरेका छन् । राहुल सिंहले गुण्डागर्दी गरेर धम्क्याउनका लागि कमिला समुहका पुराना नाइके कुमार गुरुङ 'भड्डु'लाई लिएर हिंड्ने गरेको पीडित वताउंछन्  ।

Comments

Top