तीन हप्ता भित्र नयाँ सरकार बन्ने महराको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् । दाङमा  आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले  प्रदेश ५ को राजधानी दाङमै हुने दावी गरे । जिल्लाको समग्र विकासका लागि दाङलाई नै केन्द्रविन्दू बनाउनु पर्ने भन्दै महराले हरेक हिसावले दाङ नै उचित भएको बताए । नेता महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे ।उनले भने -'  तीन हप्तामा नयाँ सरकार बन्छ,नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ ।’    

Comments

Top