चितवनमा झुटको खेती गर्दै प्रचण्ड, मोहनसिँहले भने ‘म कांग्रेसमै छु’

भरतपुर । नेपाली कांग्रेस चितवनका पूर्वसचिव तथा नेपालको सबैभन्दा पुरानो सहकारी संस्था बखान सहकारीका अध्यक्ष मोहनसिँह लामाले आफु कांग्रेसमै आवद्ध रहेको बताएका छन् । उनले सोमबार बिहान पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिताउन आफुसहित डेढ सयभन्दा बढी कांग्रेस कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको भन्ने समाचार झुट र भ्रामक भएको समेत दावी गरेका छन् । पुत्र शोकमा रहेका प्रचण्डलाई मानविय नाताले सहकारी र आमा समुहमा आवद्ध दिदिबहिनीसहित समवेदना दिन प्रचण्ड निवास पुगेको विषयलाई लिएर माओवादीले आफु विरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ । 'समवेदना दिएर फर्किदा प्रचण्डले सहकारीका अध्यक्षलाई स्वागत गर्नु पर्यो, खादा र टीका तयार गर्नु भन्नुभयो' उनले भने, ‘हामीले पनि सहकारीको अध्यक्ष भएको नाताले होला नि त भनेर चुप लाग्यौं । खादा र टीका थापेर ग्रुप फोटो खिच्न लगाइयो र हामी घरतिर फर्कियौं ।’ पछि साथीहरुले तपाईं त माओवादी प्रवेश गर्नु भएछ भनेर सोध्दा मात्रै आफुले थाहा पाएको लामाले बताए । शोकमा परेको ब्यक्तिलाइ भेट्न गएको विषयलाई लिएर कांग्रेस छोडेर माओवादी प्रवेश गरेको भन्ने भ्रामक समाचार प्रति उनले आपत्ति समेत जनाए । ‘हामीलाइ प्रचण्डको यस्तो घटिया काम देखेर घृणा लागेर आएको छ’ - उनले भने, ‘म कांग्रेसको बफादार कार्यकर्ता हुँ ।’ चितवन–३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा ९प्रजातान्त्रिक०का बिक्रम पाण्डे र कम्युनिष्ट गठबन्धनका प्रचन्डबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा चलिरहेको छ ।

Comments

Top