कांग्रेस पहिलो दल बन्ने शशांकको दाबी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दल बन्ने बताए । ‘यस पटकको चुनावमा कांग्रेस एकतावद्ध भएर लागेको छ, पार्टीभित्र एकताको सन्देश गएकाले पनि कांग्रेसी उम्मेदवारहरुको पक्षमा मत आउँछ ।’ उनले भने । नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ ।

Comments

Top