सुल्तानमा नम्रताको आइटम डान्स

namrataकाठमाडौं : चलचित्रमा खासै जम्न नसकेकी मोडल नम्रता सापकोटाले म्यूजिक भिडियोमा भने आफ्नो पहिचान राम्रो बनाएकी छन् । चलचित्रमा भने उनले केही सामान्य भूमिकामा नै चित्त वुझाउनु परेको अवस्था छ । तर, नम्रतालाई निर्देशक दिनेश श्रेष्ठले आफ्नो नयाँ चलचित्र ‘शकुन्तला’को एक आइटम गीतमा नृत्य गराएका छन् । दिनेशकै छायांकन रहेको यो गीतमा माइकल चन्दको कोरियोग्राफी छ । दुर्गा खरेलको आवाज, अर्जुन पोख्रेलको संगीत र डाक्टर कृष्णहरि बरालको यो गीतमा शब्द छ । चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले निर्माण गरेका हुन् । चलचित्रमा नायक राजेश हमाल महिलाको अवतारमा देखिएका छन् । किशोर खतिवडा, अनु शाह लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिन्छ । भदौ ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Comments

Top