एमाले र मा‌ओवादी केन्द्रका सय बढि कार्यकर्ता कांग्रेसमा प्रवेश

मोरङ : मोरङको क्षेत्र नं.२ अन्तरगर्त रंगेली नगरपालिका ८ स्थिति दर्वेशामा स्थानीय निकायका स्वतन्त्र उमेदवार सहित १ सय १५ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा स्वतन्त्र उमेदवार रहेका यज्ञ बहादुर दोर्जे, नेकपा एमालेका दर्वेशा सह सचिव जंगबहादुर राजवँशीलगायत १ सय १५ जना काग्रेसमा प्रवेश गरेका हुन् । त्यसैगरी हसन्दहका मा‌ओवादी केन्द्रका कृष्णबहादुर खत्री, शिव नारायण राजबंशीलगायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नं.२ का प्रतिनिधीसभाका उमेदवार मिनेन्द्र रिजाल, समानुपातिक उमेदवार गोपालमान सिंह राजभण्डारी, प्रदेश सभा उमेदवार सुमन कुँवरलगायतले अविरमाला गरेर स्वागत गरेका थिए ।

Comments

Top