पराजित गरेकासँगै फाइनलमा भिड्दै भैरहवा

काठमाडौं : विराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पुगेका छन् । आज भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने बुधबार भएको खेलमा पारस खड्काको कप्तानी रहेको विराटनगरले भैरहवा ग्लाडिएर्सलाई नै ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले ३ बल बाँकी छँदै लक्ष्य भेट्टायो । विराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स बीचको फाइनल खेल शनिबार हुनेछ ।

Comments

Top