रश्मिलाज फेसियल हाउसको बार्षिकोत्सबमा चर्चित कलाकार, अब बिदेशमा पनि सेवा दिइने

काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १० औ बार्षिकोत्सब भब्यताका साथ मनाएको छ ।

  काठमाडौँ मल र बिजी मलको चौथो तलामा गायक आनन्द कार्की, गायिका सहिमा श्रेष्ठ, नायिका खुस्बु खड्का, फेसन डिजाइनर काजल शर्मा, गायक ध्रुब बिस्को देखि लिएर चर्चित मोडल र समाजसेवीहरुको उपस्थितीमा बार्षिकोत्सब मनाइएको हो ।

 कार्यक्रममा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाई ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा  सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

  नेपालमा मात्र नभएर चाडै नै अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ब्रान्च खोल्न लागिएको र यसले गर्दा नयाँ नयाँ प्रविधिहरु नेपालमा भित्र्याउन सकिने  फेसियल हाउसकी संचालिका रश्मिला श्रेष्ठले वताइन ।  रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो ।

 जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मीबाट सेवा लिन पाउनेछन् । रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदै आएको छ ।  गुणस्तरलाई नै पहिलो प्राथमिकतामा राखेर सेवा दिंदै आएको रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

Comments

Top