चर्चा कमाउन अवार्ड फिर्ता ?

काठमाडौं : अभिनेत्री बेनिशा हमालले आफूले पाएको अवार्ड फिर्ता गरेकी छन् । हालै युएईको आबुधाबीमा सम्पन्न एक एवार्ड कार्यक्रममा आफूले पाएको एवार्ड आयोजकलाई फिर्ता गरेर हमालले चर्चा बटुलेकी हुन् । म्युजिक भिडियोसम्बन्धी उक्त एवार्ड कार्यक्रममा एउटा म्युजिक भिडियोको मोडलका रूपमा नोमिनेसनमा परेकी अभिनेत्री हमालले उत्कृष्ट मोडलको अवार्ड नपाएपछि फिर्ता गरेकी हुन् । अभिनेत्री नम्रता सापकोटालाई उत्कृष्ट मोडलवको अवाड दिइएको थियो । अभिनेत्री हमालले वर्षको पपुलर अभिनेत्रीको एवार्ड पाएकी थिइन् । तर, उनले सो अवार्डमा चित्त नबुझाएर फिर्ता गरेकी हुन् । ‘म उक्त विधाको अवार्डको हकदार होइन’, वेनिशाले भनेकी छिन्––आयोजकहरूले एवार्डको इज्जत राख्नुपर्छ ।’ आफू पपुलर अभिनेत्रीको क्याटगोरीमा नपर्ने उनको भनाइ छ । यद्यपि आयोजकहरूले कार्यक्रमलगत्तै उनलाई नै सो अवार्ड थमाएको दाबी गरेका छन् ।

Comments

Top