बाम गठबन्धनद्धार बुथ कब्जा

बागलुङ : बागलुङमा कम्युनिष्ट गठबन्धनले बुथ कब्जा गरेको छ । ताराखोला, भातखाने डाँडाँ लगायतका मतदान केन्द्रमा कम्युनिष्ट गठबन्धनले मतदातालाई तानेर लैजाने अनि आफ्नो चिन्हमा मत हाल्न लगाएका छन् । बुथै कब्जा हुँदासमेत त्यहाँ प्रतिकार गर्ने अवस्था नरहेको बताइएको छ । यद्यपि मतदान अधिकृतले भने मतदान शान्तिपुर्ण रुपले भइरहेको बताएका छन् । मतदान केन्द्रनै कब्जा गर्ने मनासायले अर्गलको भातखाने डाँडा केन्द्रमा गठवन्धनले एकलौटी गरेको हो । बुथको सुरक्षा लागि थप सुरक्षा फोर्स माग गरिएको नेपाली काँग्रेसको तर्फवाट प्रदेश उमेदवार मञ्जेशवंम मल्लले जानकारी दिए । कम्युनिष्ट गठवन्धनका उमेदवारले काँग्रेसका एजेन्टहरुलाई समेत धम्की दिएको मल्लले बताए । यसअघि पनि बागलुङमा कम्युनिष्ट गठबन्धनले आचार संहिता उल्लंघन गरेको, मतदाता धम्क्याएको लगायतका गतिविधि गर्दै आएका थिए ।

Comments

Top