इराकमा कारबम हमला, ७९ को मृत्यु

Bagdad-Blast-Reutersकाठमाडौं : इराकको राजधानी बगदादमा भएको विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोट यो बर्षकै सबैभन्दा भयानक भएको बताइएको छ । बग्दादको व्यस्त बजारमा आइतबार बिहान गरिएको कारबम हमलामा ७९ जनाको मृत्यु भएको हो । समाचार एजेन्सी एएफपीका अनुसार उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए । - एजेन्सीको सहयोगमा

Comments

Top