वाम गठबन्धनले एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् । नवलपरासीमा आयोजित चुनावी सभामा देउवाले  चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले भने, डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था ?’ नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेका उनको आरोप छ ।  

Comments

Top