सिड्नीमा एजुकेसन फेयर हुने

expertसिडनी।  अस्ट्रेलियन सरकारले गर्न लागेको शैक्षिक नीति परिवर्तनका बारे जानकारी दिने उद्धेश्यले सिड्नीमा एजुकेसन फेयर हुने भएको छ । यही जुन २१ मंगलबार दिउँसो १२ देखि ४ बजेसम्म लेवर ६,२६३ क्लीयरेन्स स्ट्रीट, सिड्नीमा यो फेयर हुन लागेको हो ।अस्ट्रेलियामा एक दशक भन्दा अघिदेखि एजुकेसन र माइग्रेसनको क्षेत्रमा काम गर्दै आएको एक्सपर्ट एजुकेसन र माइग्रेसन भिसा सर्भिसेजको आयोजामा यो फेयर हुन लागेको हो ।  एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेजले यही शुक्रबार १० जुन साँझ ४ बजे एजुकेसन फेयरको बारेमा पत्रकार सम्मेलन गर्न लागेको बताईएको छ ।

Comments

Top