वीमा गर्नुपर्छ भन्ने सन्देश आम नेपालीमा पुगेको छ

चन्द्रसिंह साउद, प्रमुख कार्यकारी अधिकृत– नेपाल इन्सुरेन्स कम्पनी दुई दशक एउटै संस्थामा बिताएर पनि नथाक्ने पात्रहरु नेपालको कर्पोरेट क्षेत्रमा विरलै छन् । कतिपय यस्ता पात्रहरु पनि छन्, जसले त्यही संस्थामा रिटाएर्ड भएर काम गरिरहेका छन् । यसरी काम गर्न अहोरात्र खटिरहने व्यक्ति हुन्, ६८ बर्ष पुरानो नेपाल इन्सुरेन्सका कार्यकारी प्रमुख चन्द्रसिंह साउद । वि.सं. २०४८/४९ सालताकाको कुरा हो, उनको जीवनमा नयाँ घुम्ती आयो । त्यो थियो वीमा एजेण्टको काम गर्दै गर्दा २०४८ सालमा सातौंsarad singh तहको अधिकृत अर्थात् असिस्टेन्ट म्यानेजरको ट्रेनीका रुपमा नेपाल लाईफ प्रवेशको । खासमा उहाँ भ्याकेन्सी खुलेको थाहा पाएपछि भरिदिउ न त भन्ने लहडमा फर्म भर्न जानु भएको थियो । तर, त्यहीं समय उहाँ स्थायी हुनुमात्र भएन, २०६० सालमा फिल्ड हेर्ने आठौं तहको म्यानेजरसम्म बन्नुभयो । नेपाल लाईफमा चन्द्रसिंहले नगरेका कुनै पनि काम छैनन् । प्रशासन, लेखा, आन्तरिक लेखा, फिल्ड परीक्षण, व्यापारलगायत सबै खालका विभागीय जिम्मेवारी सम्हाल्नु भएको छ । ४ बर्ष त उहाँले मुख्य प्रबन्धक भएर काम गर्नुभयो । २०६९ सालमा डिजिएम हुनुभएका साउद २०७१ सालमा भने आफूले खाँदै गरेको स्थाई जागिर छोडेर करारको प्रमुख कार्यकारी अधिकृत हुन भएको हो ।

अभावमा वितेन बाल्यकाल संस्थागत शुशासनलाई मुख्य हतियार बनाएर प्रमुख कार्यकारी अधिकृत (सिइयो) बन्नुभएका चन्द्रसिंह साउद वैतडीको थलागाडा गाविसमा वि.सं. २०२६ सालमा आमा हरिनादेवी र बाबु तिलकसिंह साउदको कान्छो छोराको रुपमा जन्मनु भएको हो । तीन दिदी बहिनी र चार दाजुका कान्छा भाइमा पर्नुहुन्छ चन्द्रसिंह । उहाँका हजुरबुबा गाउँका मुखिया हुनुहुन्थ्यो । त्यसैले गाउँमा कुनैपनि मुद्दा छिन्नुपर्दा चन्द्रका हजुरबा’को ठूलो हात हुने गर्दथ्यो । ‘राणाहरुको जस्तो कठोर नभएपनि न्याय सम्पादनमा हजुरबुबा कडा नै हुनुहुन्थ्यो’–साउद भन्नुुहुन्छ । थलागाडामा हजुरबुबाको प्रभाव अनी बाबु तिकसिंहको मेहनतले साउद परिवारको जग्गा जमिन पनि राम्रै थियो । त्यसैले पनि बाल्यकालमा खान लाउनको दुःख साउद परिवारले कहिले पनि भोगेन । आफूलाई मध्यम वर्गिय किसानको छोरो भन्ने साउद परिवार संयुक्त थियो । मध्यमवर्गीय कृषक परिवारको उल्लासमा उहाँको बालापन बित्यो । संयुक्त परिवारको फाइदा के भने, झगडा गर्न पनि पाइने, खेल्न पनि पाइने । बाल्यकालको त्यही झझल्को अहिले पनि उहाँको मानसपटलमा छ ।

विद्यालय चहार्दैमा बाल्यकाल स्वाहा चन्द्रसिंह विद्यालय भर्ना हुँदा गाउँकै प्राविमा पढाउने एक सर समेत साउदको घरमा बस्नु हुन्थ्यो । त्यही भएर विद्यालय भर्ना हुनु अगाडि नै चन्द्रले नेपाली लेख्न र पढ्न जानीसक्नु भएको थियो । औपचारिक शिक्षा लिनको लागि उहाँ थलाडाडा प्राविमा एक कक्षामा भर्ना भई प्रथम हुनु भयो । एक कक्षामा प्रथम भएपछि साउदलाई घरमै बस्ने र आफ्नो स्कुल पढाउने शिक्षकको सल्लाहमा एकैपल्ट २ कक्षामा भर्ना नै नगरी कक्षा बढाएर तीनमा भर्ना गरियो । त्यसपछि भने ४ माथि पढाई हुने विद्यालय आफ्ने गाविसमा नभएका कारण उहाँ कक्ष ४ मा भर्ना हुनको लागि ढुंगार गाविसको सारदा निमाविमा भर्ना हुनुभयो । त्यहाँ सात सम्मको अध्ययन सकेपछि गाजरीको अर्जुन माविमा पढ्न पुग्नुभएका साउदको यतिले मात्र विद्यालय चाहार्ने क्रम रोकिएन । उहाँ ८ कक्षा माथिको अध्ययनका लागि कन्चनपुरको बैंद्यनाथ माबि पुग्न प¥यो । त्यहाँ नौ र दशको अध्ययन सकेपछि साउदले २०४३ सालमा एसएलसी परीक्षा दिएर काठमाडौंको बाटो तताउनु प-यो । काठमाडौंको बाटो त्यति सहज भने पक्कै पनि थिएन । त्यसपछि उहाँका संघर्षका दिन शुरु भए ।

पढाइ र जनआन्दोलन पशुपती क्याम्पस चावहिलमा आइकम पढ्दा निरञ्कुश पञ्चायती ब्यवस्था फाल्नको लागि २०४६ सालको जनआन्दोलन चलेको थियो । त्यही आन्दोलनले देशले नयाँ काँचुली फे-यो । समाज रुपान्तरण भयो । तर, गाउँका मुखियाका नाती चन्द्रलाई त्यो आन्दोलनले छोएन । उहाँ पढ्न र पढाउन मै तल्लिन रहनु भयो । त्यसताका उहाँ पशुपती क्याम्पस पढ्ने र बानेश्वरको अमर राज्यलक्ष्मीमा पढाउँदैमा फुसर्द नभएको सम्झनु हुन्छ । उहाँ भन्नुहुन्छ–‘आन्दोलन चल्दै थियो, म भने पढ्न र पढाउन मै ब्यस्त हुन्थें ।’ सानैदेखि गणितका अब्बल विद्यार्थी साउद विहान बेलुकी समेत होम टिउसन पढाउन मै ब्यस्त हुनुहुन्थ्यो । त्यही भएर देशमा प्रजातन्त्र पुनर्बहालीको आन्दोलन चल्दा उहाँ कहिलेपनि जुलुसमा पुग्नु भएन । न त पैसा कमाउने पेसा भनेर चिनिएको राजनीतिमा नै उहाँको चासो बढ्यो । पढाईको दुनियामा जहिले पनि दोस्रो हुने साउदको इच्छा बढ्यो त केबल अध्ययनमा मात्रै । त्यही भएर नेपाल कमर्श क्याम्पसबाट एमकमको पढाई सिध्याउने वित्तिकै आफैले आइकम पढेकोे पशुपती क्यम्पसमा पढाउन पुग्नुभयो ।

प्रेम प्रस्ताव पठाउनै आएन नामै चन्द्र त्यसै उज्यालो, त्यसमा पनि चिटिक्क परेको पोक्चे गोलो अुनहार, सानैदेखि बैतडीको हावापानीले सजाएको झन् हट्टाकट्टा चन्द्रसिंग साँच्चै भन्नु पर्दा कुनैपनि नेपाली फिल्मको हिरो भन्दा कम हुनुहुन्न । न त उहाँको पढाई नै कमजोर थियो । साथीभाईहरु पनि प्रसस्तै थिए, केटा होस वा केटी कुनैको कमी थिएन् । देशभरी नै नाम चलेको पशुपती, र नेपाल कमर्श क्याम्पस पढेपनि जवानीको पावर देखाउन भने आफूले नसकेको अहिले सम्झनुहुन्छ । उहाँले कहिलेपनि आधुनिक प्रेमको प्रतिनिधित्व गर्दे कसैलाई पनि रातो गुलाव दिन सक्नु भएन । न त कसैलाई कलेजमा प्रेम पत्र पठाउन नै सक्नु भयो । उहाँ आफूलाई प्रेम गर्ने फूर्सद नै नभएको बताउनुहुन्छ । उहाँ प्रतिप्रश्न गर्दे भन्नुहुन्छ–‘विहान कलेज दिउँसो स्कुल अनी साँझमा ट्युसन कतिखेर प्रेम गर्नु ?’ चन्द्रसिंहको प्रेम भनेकै २०४९ सालमा बैंतडीकी शुशिलाकुमारी बोहरासितको लगनगाँठो कसिएपछि बसेको हो । ‘शुशिलालाई पनि मैले खोजेको होइन, बा–आमाले खोजीदिनु भएको हो ।’ उहाँले भन्नुभयो । शुशिलाले जीबन पथका प्रत्येक खुड्किलामा आफूलाई साथ र हौसला दिइरहेको उहाँ बताउनु हुन्छ । जुन नेपाली नारीले पाएको सौभाग्यता भित्रको महानता हो । त्यही महानता भित्र लुकेको छ साउद परिवारको पारिवारिक जीबन । साउदका दुई छोरा सागर विइ र साजन यतिखेर ११ कक्षामा अध्ययनरत छन् ।

कलेजका साहु, त्रिविका सल्लाहकार चन्द्रसिंघ साउद सानैदेखि पढनमा अब्बल हुनुहुन्थ्यो । त्यहि भएर अमर राज्यलक्ष्मीमा पढाउने साउदले २०५१ देखि आफैले आईकम पढेको पशुपति क्याम्पस चावहिलमा पढाउन थाल्नु भयो । साथीभाई सबै नै पढाईसँग सरोकार राख्ने भएकाले साउद चावहिलमै विग्रेट बहुमुखी क्याम्पसको संस्थापक लगानीकर्ता हुनुभयो । साउद विग्रेट बाहेक अन्य कलेजहरुमा पनि विहानी शत्रको वीमा बिषय अध्ययन गराउनु हुन्छ । मुख्य चुरो कुरो त के भने उहाँ त्रिभुवन विश्वविद्यालयको वीमा विषयको पाठ्यक्रम निमार्ण समितिका सदस्य पनि हुनुहुन्छ । वीमा कम्पनीमा काम गर्न र पढाउन कुन मजा भन्ने प्रश्नमा कार्यकारी साउद भन्नुहुन्छ,–‘ खुसी चैं पढाउन नै लाग्ने रहेछ ।’

विदेश घुम्न रमाउने बानी विदेश घुम्न मन नलाग्ने नेपाली को होला ? साउद पनि विदेश घुम्नको लागि लालायित हुने ब्यक्तिमा पर्नुहुन्छ । वीमाको कामले होस वा अन्य कारणले विश्व सभ्यतामा अगाडि मानिने स्विजरल्याड, लण्डनको भ्रमण गरिसक्नु भएको छ । त्यस्तै युवा पुस्ता औधि जान मन पराउने र विकासका दृष्टिले एशिएन टाईगर मानिने फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड जस्ता देश पनि साउदले घुमिसक्नु भएको छ । विकासमा नेपाल जस्तै पछि परेको केनियामा पनि उहाँ पुगि सक्नु भएको छ ।

भूकम्पले वीमाको चेतना ल्यायो भूकम्पिय बिपत्तीले पु¥याएको नोक्सानीको प्रभाव बारेमा कुरा राख्दा साउद नेपालको बिमा उद्योगमा ३ कारणले असर परेको बताउनु हुन्छ । हरेक कम्पनीको रिटेन्सनमा रहेका रकमहरु बिमा कम्पनीले तिर्न बाध्य पार्नु, अघिल्लो वर्ष भूइचाँलो जाँदा असारमा ट्रिट्री नबिकरण गर्नु र पुनर्बिमाको सुबिधा नपाउनुलाई असरका रुपमा औल्याउनु हुन्छ उहाँ । त्यस्तै रि–इन्स्योरेन्स प्रिमियमको रेट घट्दा अनि नाकाबन्दीपछि उद्योग, ब्यापार फस्टाउन नसकेर आर्थिक ह्रास आउँदा समस्या देखिएको उहाँको तर्क छ । ‘ट्रेडिङ भएन, बैंक एलसी खुलेन । आर्थिक कारोबारमा ह्रास आयो अनि हाम्रो ब्यवसायमा पनि असर ग¥यो ।’–उहाँ भन्नुहुन्छ । २०७२ सालले भने नेपाली बीमा बजारमा ठूलै चेतना ल्याएको छ । महाभूकम्प र नाकाबन्दीपछि लगानीकर्ताहरुमा सम्पत्तिको वीमा गनुपर्छ भन्ने भावना जगाएकोमा भने साउद मख्ख हुनुहन्छ । उहाँ भन्नुहुन्छ–‘भवितब्य पर्दो रहेछ, वीमा गर्नुपर्छ भन्ने सन्देश आम नेपालीमा गएको छ । अहिले नेपालको बिमा ब्यबसाय १५ अर्बको छ । २१ बर्षअघि म यस ब्यबसायमा आँउदा जम्मा ३ अर्बको मात्र ब्यबसाय थियो । यसको मतलब मानिसहरु सचेत हुँदैछन् । जस्मा भूकम्प पनि एक कारण हो ।’ यति हुँदाहुँदै ननलाइफ इन्स्योरेन्स कम्पनीहरुले कृषि बीमा पनि गर्नुपर्ने बाध्यकारी नियमप्रति भने उहाँको ठूलै आपत्ती छ । सरकारले नीति ल्याए पनि त्यो कार्यन्वयन हुन ठूलै कसरत गर्नुपर्ने उहाँको भनाई छ । उहाँ सरकारलाई प्रतिप्रश्न गर्दे भन्नुहुन्छ,–‘ताप्लेजुङमा भेडापालनको लागि काठमाडौंबाट वीमा कम्पनी जानै सक्दैनन् । किनकी हाम्रो देशको भौगोलिक अबस्था निकै फरक प्रकृतिको छ ।’ कृषि मन्त्रालय अन्तर्गतको शाखाहरुमार्फत पनि काम गराउन सकिएको खण्डमा वीमा कम्पनीले दाबी हेर्न नपर्ने उहाँको तर्क छ ।

बीमा रणनीति बनाउँदैमा ब्यस्त नेपाल इन्स्योरेन्स कम्पनीले बिमा प्रिमियम मात्र बढाउने उद्देश्य राखेको छैन । कम्पनीका बिभिन्न पोर्टफोलियोहरुलाई बिमाको अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लानुपर्ने उद्देश्यका साथ अगाडि बढेको छ । त्यसमा मोटरको प्रतिशतलाई ४० भन्दा बढि हुन नदिने रणनीति उहाँले आफ्नो कम्पनीमा बनाउनु भएको छ । उहाँ भन्नुहुन्छ–‘बिभिन्न अप्ठेरो परिस्थितिहरुले हामीलाई धेरै कुरा सिकाइसकेको छ । हाम्रो देशमा दक्ष प्राबिधिकहरुको अभाब भएको कारणले बिदेशबाट बिभिन्न क्षेत्रका बिज्ञहरु ल्याएर कार्यक्षेत्रहरु अनुसारको बीमा रणनीति बनाई काम अगाडि बढाउनु पर्छ ।’

Comments

Top