गुणस्तरिय शिक्षाका कारण विद्यार्थीको रोजाइमा भारत

आर आर शर्मा, अध्यक्ष- आरबीएस एजुकेशन फाउण्डेसन

rr sharmaनेपालका बिभिन्न जिल्लामा आफ्नो बाल्यकाल बिताउनु भएका आर आर शर्मा अहिले आरबीएस एजुकेशन फाउण्डेसनको अध्यक्ष हुनुहुन्छ । एसएलसी जनकपुरबाट उतिर्ण गर्नुभएका शर्माले एमबीएसम्मको अध्ययन भने भारतको हैदराबादबाट लिनु भएको हो । बुबा सरकारी पेशामा आवद्ध हुनुभएकोले अध्यक्ष शर्माले दश कक्षासम्म अध्ययन गर्दा झण्डै चार-पाँच  वटा विद्यालय परिवर्तन गर्नुभएको थियो । भारतबाट फर्केर शर्माले आरबीएस कन्सर्नको नामबाट मेडिकल सर्जिकल र इन्जिनियरिङ इक्विपमेन्टको व्यवसाय शुरु गर्नु भएको हो । जुन अहिले पनि सञ्चालित छ । आरबीएस कन्सर्न नेपालकै उत्कृष्ट संस्थामध्ये एक हो । दुई वर्ष अघि मात्र शर्माले विद्यानन्द यादव तथा अन्य साथीहरुको सल्लाह अनुसार आरबीएसको स्थापान गरी उच्च शिक्षा अध्ययनका लागि भारत जान चाहने नेपाली विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आउनु भएको छ । अध्यक्ष शर्मा भन्नुहुन्छ–‘म आफै पनि भारतमा बसेर अध्ययन गरेको र त्यहांको बारेमा धेरै ज्ञान भएको हुँदा  हामीले भारतका लागि मात्र काम गर्दै आएका छौं ।’ अध्यक्ष शर्मासँग  आरबीएस एजुकेशन फाउण्डेसन तथा नेपाली विद्यार्थी र कन्सलटेन्सी क्षेत्रका बारेमा mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी:

० आरबीएस एजुकेशन फाउण्डेसनको स्थापना कहिले भएको हो र यसले कस्तो काम गरिरहेको छ ? – हामीले आरबीएस एजुकेशन फाउण्डेसनको स्थापनना वि.सं. २०७० सालमा गरेका हौं । हामीले अहिले इण्डियन एजुकेशनलाई प्रमोट गरिरहेका छौं । नेपालमा स्थापना भएका कुनै पनि संस्थाले आफ्नो नाफालाई हेरेर नै काम गर्छन् भने हामीले नाफा भन्दा पनि विद्यार्थीको अवस्थालाई हेरेर सम्बन्धित निकायसँग  कुरा गरेर जतिसक्दो सहुलियतका लागि पहल गर्छौं । जस्तैः भारतका विश्वविद्यालयले एक जना नेपाली विद्यार्थीलाई दश लाखमा विएससी नर्सिङ कोर्ष पढाइदिने जानकारी गराएपछि त्यहां स्थापना भएका कतिपय संस्थाहरुले त्यसमा आफूलाई चाहिने जति नाफा राखेर विद्यार्थीस“ग रकम असुलिरहेका छन् भने हामीले चांहि त्यसो गर्दैनौं । सम्बन्धित विश्वविद्यालयसँग  कुरा गरेर अझै कति कम गर्न सकिन्छ र विद्यार्थीलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ भनेर काम गर्दै आइरहेका छौं । हामीले अहिले नेपालको १२ वटा शहरमा सूचना केन्द्र स्थापना गरी काम गरिरहेका छौं ।

० आरबीएसको आफ्नो स्थापना पछिको महत्वपूर्ण उपलब्धि के हो ? – हामीले दुई वर्ष अघि मात्र आरबीएस एजुकेशन फाउण्डेसनको स्थापना गरेका हौं ।हाम्रो मेहनत र साथीभाईको सहयोगका कारण छोटो समयमा नै हामीले सोचे भन्दा राम्रो काम गर्न सफल भयौं । हामीले जतिको संख्यामा विद्यार्थी पठाउँछौ , त्यस्ता संस्था नेपालमा पाँच वटा पनि छैनन् । यस वर्ष पनि हामीले भूकम्प पीडित र अन्य विद्यार्थीलाई प्रदान गरेको छात्रबृत्ति त ‘अनएक्सपेक्टेड’ नै थियो । हामीले माग त गरेका थियौं तर, त्य का विश्वविद्यालयले त्यति नै सहयोग गर्छन भन्ने सोचेका पनि थिएनौं । हामी झण्डै अढाइ करोडको छात्रबृति प्रदान गर्न सफल भयौं । यो नै हाम्रो महत्वपूर्ण उपलब्धि हो र नेपाली विद्यार्थीका लागि पनि यो नै सबैभन्दा ठूलो सपोर्ट हो ।

० आरबीएस कसरी सञ्चालन भइरहेको छ त ? – आरबीएसको लिडिङ टिममा हामी तीनजना छौं । जसमध्ये म आँफै  एमबीए ग्य्राजुएड हुँ । हामीसँग  विद्यानन्द यादव जी हुनुहुन्छ । उहाँ  नेपालमा नै विगत १८ वर्ष देखि कम्प्युटर शिक्षक हुनुहुन्छ । उहाँले पनि एमसीए सकिसक्नु भएको छ भने अर्को एक जना इन्जिनियर अखिलेश्वर यादव हुनुहुन्छ । हामी तीन जना मिलेर आ–आफ्नो जिम्मेवारी बहन गरिरहेका छौं । जसले गर्दा आरबीएस सोचे अनुसार नै अगाडि बढिरहेको छ ।

० आरबीएस एजुकेशन फाउण्डेसनले भारतका कतिवटा शैक्षिक संस्थासँग  सहकार्य गरेर काम गरिरहेको छ ? – हामीले भारतका छ वटा विश्वविद्यालय तथा कलेजसँग  सहकार्य गरेर अगाडि बढिरहेका छौं । तर, विद्यार्थीहरुले अन्य कलेजमा जान चाहेमा वा नेपालकै कुनै प्रतिष्ठित कलेजमा पढ्न चाहेको खण्डमा उनीहरुलाई सकेको सहयोग पनि गर्ने गरेका छौं ।

० अहिलेसम्मको अवस्थालाई हेर्दा नेपाली विद्यार्थीहरुले कुन संकाय बढि रोजेका छन् ? – पछिल्लो वर्षमा आरबीएसबाट गएका विद्यार्थीहरु मात्र हेर्ने हो भने पनि टेक्निकल र फर्मास्यूटिकल्स विषय पढ्न जाने विद्यार्थीको संख्या बढी छ भने त्यसपछि बिटेक र मेनेजमेन्ट अध्ययनका लागि विद्यार्थीहरु गइरहेका छन् । तर, पछिल्लो सयममा भने बिएस्सी इन एग्रीकल्चर गर्न जाने विद्यार्थीको संख्या बढिरहेको छ ।

० विद्यार्थीहरु विदेश पुगिसकेपछि त्यहाँ विभिन्न समस्याहरु देखिने गर्छन् नि, त्यससमा आरबीएसले कस्तो रणनीति अपनाएको छ ? – हामीले दुईवटा समूह बनाएर काम गर्दै आएका छौं । एउटा समूहले नेपालमा गर्नुपर्ने सम्पूर्ण काम गर्छ भने अर्को भनेको रिजल्भिङ सेन्टर स्थापना गरेका छौं । यसले विद्यार्थीहरु विदेश पुगिसकेपछि उसलाई पर्ने हरेक समस्याको समाधानका लागि पहल गर्छ । हामीले विद्यार्थीलाई कुनै पनि विश्वविद्यालयमा भर्ना हुने समयमा नै एउटा मोवाइल नम्बर दिएका हुन्छौं । जसमा विद्यार्थीले जुनसुकै बेला पनि सम्पर्क गर्न सक्छन् । र, हामी समस्या समाधानका लागि हामी त्यहाँ पुग्छौं । अन्य संस्थाहरुले कसरी विद्यार्थी पठाउँछन्  त्यो त मलाई थाहा छैन तर, हामी चाहिं विद्यार्थीलाई त्यहाँ पुगेपछि समस्या नपरोस भनेर नेपालमा हुँदा   नै सबै प्रक्रिया पूरा गरेर पठाउँछौं । जस्तैः कुनै विद्यार्थीले ५० प्रतिशत छात्रबृत्ति पाएको छ भने उसलाई आवश्यक पर्ने सम्पूर्ण रकम हामीले यहा“बाट जानेबेलामा नै व्यवस्था गर्न लगाउ“छौं, जसले गर्दा उसलाई त्यहाँ अप्ठेरो नहोस् । अर्को महत्वपूर्ण कुरा भनेको हामीले कुनै पनि विद्यार्थीलाई १५ दिनको समय दिएका हुन्छौं । उसले १५ दिन भित्रमा आफूले अध्ययन गर्ने संस्था र अन्य कुनै पनि विषयमा चित्त नबुझेमा उ त्यहाँबाट फर्कन सक्छ । जसका लागि उसले न हामीलाई कुनै रकम तिर्नुपर्छ न अध्ययन गरेको संस्थालाई नै । समस्या समाधानकै लागि हामी आफूले विद्यार्थी पठाएको शैक्षिक संस्थामा भर्नाको सयम सकिएको १ महिना भित्र त्यहाँ पुग्छौं । आरबीएसबाट एकजना मात्र विद्यार्थी गएको संस्थामा पनि हामी पुग्छौं । त्यसपछि विद्यार्थीबाट आएको प्रतिक्रियामाथि छलफल नै गरेर अगाडि बढ्छौं ।

० त्यसो हो भने आरबीएसबाट जाने विद्यार्थीहरुमा अहिलेसम्म कुनै पनि समस्या देखिएका छैनन ? – भगवानको कृपा भनौ या हाम्रो  कामप्रतिको लगाव जे भनेपनि अहिलेसम्म त्यस्तो कुनै पनि समस्या देखिएको छैन । विद्यार्थी विदेश पुगिसकेपछि समस्या त देखिन्छन् नै । नदेखिने पक्कै होइन । आफ्नो अभिभावक भन्दा टाढा पुगेको एउटा विद्यार्थीमा हरेक समस्या देखिन्छन् । समस्या नै हुँदैन  भनेर कसैले भन्छ भने त्यो विल्कुलै गलत हो । सबै प्राक्टिकल लाईफ एउटै हुँदैन  नि । जस्तैः खानाको समस्या, अभिभावक छाड्दाको समस्या, एक्लो हुनु पर्दाको समस्या यस्ता समस्याहरु देखा पर्छन् । तर, विद्यार्थी भएको स्थानमा पुगेर उसलाई परेको समस्या सुनिदिने र सान्त्वना दिने मात्र काम भयो भने पनि उसलाई कहिल्यै अभिभावकसँग  टाढा भएको महसुस हुँदैन  । जुन काम हामीले गरिरहेका छौं ।

० आरबीएस आएका विद्यार्थीहरुले अन्य कन्सलटेन्सीमा भन्दा के फरक कुरा पाउँछन्  ? – सबैभन्दा पहिलो कुरा त आरबीएस र अन्य कुनै पनि कन्सलटेन्सीले गर्ने काम लगभग उही नै हो । तर, काम कसले कसरी गर्छ भन्ने कुरा चांहि फरक हो । आरबीएसबाट कोही विद्यार्थी अध्ययनका लागि भारत जान्छ भने उसले शैक्षिक संस्थालाई तिर्ने भन्दा कुनै पनि बढि रकम तिर्नु पर्दैन । यहा“ अहिले विद्यार्थीहरुलाई पहिलो वर्ष छात्रबृत्ति प्रदान गर्ने अनि बा“की वर्षहरुमा उसको प्रतिशत हेरर मात्र छात्रबृत्ति प्रदान गर्ने गरी विदेश पठाइरहेका छन् । तर, आरबीएसले कहिल्यै त्यस्तो गर्दैन । यदि कोही विद्यार्थीले ५० प्रतिशत छात्रबृत्ति पाएको छ भने उसले अध्ययन पूरा नगरेसम्म ५० प्रतिशत नै छात्रबृत्ति पाउ“छ । विद्यार्थीले आफुले रोजेको कोर्ष पूरा गर्न लाग्ने सम्पूर्ण खर्च विवरण भर्नाको समयमा नै पाउँछ  र त्यति नै रकमको जोहो गरी उ अध्ययनका लागि त्यहाँ  जान्छ । जसले गर्दा पछि विद्यार्थीलाई आर्थिक रुपमा कुनै पनि समस्या पर्दैन । तर, विद्यार्थीले कलेजले प्रतिवन्ध लगाएका कुराहरु गरेमा भने उसले पाउने हरेक सेवा र सुविधा रद्द गरी उसलाई पुनः नेपाल नै फर्काइन्छ ।

० तपाईहरुले विद्यार्थीरुलाई यो कलेजमा जाँदा  राम्रो हुन्छ भनेर सल्लाह दिनुहुन्छ कि उसले रोजेको कलेजमा नै जान सल्लाह दिनुहुन्छ ? – हामीले विद्यार्थीलाई कहिल्यै पनि यहि कलेजमा नै जान उचित हुन्छ भनेर फोकस गर्दैनौं । तर, कन्सलटेन्सीमा पुग्ने अधिकांश विद्यार्थीलाई थाहा नै हुँदैन न कि म कुन कलेजमा जाँदा  उचित हुन्छ भनेर । त्यस्तो अवस्थामा भने हामीले सबै कलेजको बारेमा सम्पूर्ण जानकारी गराउँछौ  र विद्यार्थी तथा अभिभावकलाई नै रोज्ने अवसर प्रदान गर्छौं ।

० तपाईंको अहिलेसम्मको अनुभवमा नेपाली विद्यार्थीले भारतको कुन शैक्षिक संस्थालाई बढि रोजेको पाउनु भएको छ ? – मेरो अनुभवमा नेपाली विद्यार्थीले रोज्ने भनेको फनिक्स गु्रप अफ इन्टिच्युसन नै हो जस्तो मलाई लाग्छ । अघिल्लो बर्षमात्र नेपालबाट त्यस संस्थामा अध्ययनका लागि जाने विद्यार्थीको संख्या ७८ जना रहेको छ ।

० नर्सिङ पढ्न चाहने नेपाली विद्यार्थीहरु कुन ठाउँमा मा बढि केन्द्रित छन् ? – नेपालबाट नर्सिङ विषय अध्ययनका लागि अधिकांश विद्यार्थीहरु बैङ्लोर जाने गरेका छन् ।

० विएस्सी नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुको रोजाइ भारत हुनुको मुख्य कारण के हो ? – सबैभन्दा पहिलो कुरा त नेपालमा विद्यार्थीहरुले सिमित कोटाका कारण अध्ययन गर्ने संस्था नपाउनु नै हो । अर्को महत्वपूर्ण कुरा भनेको एउटै विषय अध्ययन लागि नेपालमा १५ देखी १७ लाख लाग्छ भने भारतमा गएर अध्ययन गर्दा जम्मा ७ देखि ८ लाख मात्र लाग्ने र नेपालमा पनि भारत जत्तिकै सुविधा सम्पन्न कलेजहरु भएपनि नाम निकाल्न नसक्दा नेपाली विद्यार्थीहरु भारततर्फ लागिरहेका छन् ।

० नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि भारत बाहेकका विभिन्न देशमा जाने गरेका छन्, तर भारत जाँदा  चांहि नेपाली विद्यार्थीलाई कस्तो फाइदा हुन्छ ? – नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि भारत रोज्नुको दुईवटा कारण रहेको मैले पाएको छु । पहिलो गुणस्तरिय शिक्षा र दोश्रो  आर्थिक अवस्था नै हो । प्रष्ट रुपमा भन्नु पर्दा एउटै कोर्ष, जसको मान्यता पनि उत्तिकै हुन्छ त्यहि विषय अध्ययन गर्न भारतमा गए तीन लाख लाग्छ भने अष्ट्रेलियामा जाँदा  १५ लाख लाग्छ । त्यसैले पनि नेपाली विद्यार्थीले भारत रोज्ने गर्छन् ।

० नेपालबाट अन्य देशमा जाने विद्यार्थीहरुले सिमित समय काम गर्ने अवसर पाउँछन , के भारतमा पनि नेपाली विद्यार्थीले त्यस्तो सुविधा पाउँछन् त ? – छैन । भारतमा नेपाली विद्यार्थीले काम गर्ने अवसर पाउँदैनन् र म काम गर्न जरुरी पनि देख्दिन । मैले अघि पनि भने अष्ट्रेलिया जाँदा  नेपाली विद्यार्थीले वर्षकै ८-१० लाख तिर्नुपर्छ, जसले गर्दा कमाउन पनि जरुरी हुन्छ । तर, भारतमा उसले १/२ लाखमा नै एक वर्ष अध्ययन गर्न सक्छ भने किन काम गर्नु प-यो र ?

० भारत गएका नेपाली विद्यार्थीहरु आफ्नो पढाइ सकेर नेपाल फर्कनेको संख्या कत्तिको छ ? – नेपाली विद्यार्थीहरु पहिले त कोर्ष पूरा भएपछि नेपाल नै फर्किको मैले पाएको छु । उसले त्यहाँ आफूले रोजे जस्तो वा पढाइ अनुसारको रोजगारी नपाएमा पुनः भारत फर्कने वा अन्य देशतर्फ लाग्ने गरेका छन् ।

० भारतका कतिपय शैक्षिक संस्थाहरु सिधै नेपालमा आएर सेमिनार गरेर विद्यार्थीहरु लगिरहेका छन्, के त्यो उचित छ ? – डाइरेक्ट नेपाल आएर विद्यार्थी लान चांहि नेपाल सरकारले नै रोक्नु पर्ने हो । विद्यार्थी डाइरेक्ट लगियो भनेर मैले समस्या देखाउन खोजेको होइन । तर, यदि त्यसरी गएका विद्यार्थी भोली कुनै समस्यामा परेमा त्यसको जिम्मेवार कसले लिने त ?

० पछिल्लो समयमा महानगरिय अपराध महाशाखाले शिक्षा मन्त्रालयसँग को सहकार्यमा विभिन्न कन्सलटेन्सीमा छापा मारेर कारबाही पनि ग-यो, त्यो कत्तिको प्रभावकारी छ र यसले यो क्षेत्रमा कत्तिको असर परेको छ ? – शिक्षा मन्त्रालय र प्रहरीले गरेको यो कार्य एकदमै राम्रो छ । यसले कन्सलटेन्सी क्षेत्रमा सकारात्मक प्रभाव पारेको मैले बुझेको छु । यदि म सहि छु भने मलाई मन्त्रालयमा रजिस्टेसन गर्न कुनै अप्ठेरो छैन । अर्को कुरा कुनै पनि कन्सलटेन्सीले गलत गर्छ भने उसलाई कारबाहि त हुनै पर्छ नि ।

० तर, पछिल्लो समयमा विद्यार्थीहरु विदेश पठाउँदा  कतिपय एजेन्टहरुले कन्सलटेन्सी कै माध्यमबाट काम गरिरहेका छन् जसले गर्दा पनि समस्या भएको भनिन्छ नि ? – यसलाई मैले कसरी बुझेको छु भने जसले त्यसरी काम गरिरहनु भएको छ, त्यसलाई एजेन्टले काम गरेको भन्नै मिल्दैन । त्यो त रिफरेन्स मात्र न हो । म काठमाडौंमा बसेर पूरै नेपालको विद्यार्थी जुटाउँछु  भन्नु त मुर्खता होइन र ? कसरी सक्छ एक्लो मानिसले मुलुकभरका विद्यार्थी जुटाउन ? यदि कसैको माध्यमबाट विद्यार्थीहरु कन्सलटेन्सी आइपुगेर विदेश जान्छन् भने त्यसलाई एजेन्टले काम गरेको र समस्या देखिएको भन्न मिल्दैन । काम त कन्सलटेन्सीले गरेको हो नि त्यसको सम्पूर्ण जिम्मेवारी कन्सलटेन्सीले नै लिनुपर्छ ।

० आरबीएस एजुकेशन फाउण्डेसनको भावि योजनाको बारेमा बताइदिनुस् न । – हामी आगामी वर्षबाट इन्टरनेशननल विङ्ग बनाउँछौ  । जबसम्म हामी पहिले कुनै पनि संस्थाको स्थलगत अध्ययन गर्दैनौं, तबसम्म त्यो संस्थासँग  हामी सहकार्य नै गर्दैनौं । त्यसैले पनि भोलिका दिनमा विदेशका अन्य संस्थाहरुको बारेमा अध्ययन गरिसकेपछि त्यसतर्फ पनि लाग्नेछौं ।

Comments

Top