प्रतिस्पर्धा नै सफलताको आधार

सन् १९७८ मा पश्चिम नेपालको अर्घाखाँची जस्तो मनोरम संस्कृतिमा आमा लालमाया र पिता मुक्तिबहादुर टण्डनको चिनोको रुपमा जन्मनु भएको हो सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन । मध्यम परिवारमा जन्मिनुभएका टण्डनको पढाई स्कुलदेखि नै राम्रो थियो । एसएलसीमा पहिलो श्रेणीमा पास भएपछि डाक्टर तथा इन्जिनियर नै पढ्नुपर्छ भन्ने मान्यता नेपाली समाजमा अझै छ । यही मान्यताका कारण उहाँ एसएलसीपछि त्रिचन्द्र क्याम्पसमा साइन्स लिएर पढ्न थाल्नु भयो । आइएस्सी पाससँगै इन्जिनियर तथा डाक्टरको पेशाले खासै आकर्षण गर्न नसकेपछि टण्डन बीबीएस लिएर शंकरदेव क्याम्पसमा भर्ना हुन पुग्नु भयो । पढाईको बाटोसँगै उहाँको जीवन पनि मोडियो ।

chandra tandan final आमा, आईएमई र थेसीस प्रेरणाको स्रोत सन् २००३ मा शंकरदेव क्याम्पसबाट स्नातकोत्तर तह अर्थात एमविएसको अध्ययनको क्रममा ‘रेमिटेन्स विजनेश अफ नेपाल’ विषयमा थेसिस लेखेपछि भने उहाँको जीबनले रेमिटेन्सकर्मीका रुपमा नयाँ परिचय बनायो । शंकरदेवमा पढाईसँगै इन्जिनियर बन्ने सपना देख्ने टण्डन आज देशका एक चर्चित व्यवसायी बन्न पुग्नु भएको छ । आईएमई मनिट्रान्सफरमा जागिर खान पुग्नुभएका टण्डनको प्रेरणाको मुख्य श्रोत पनि यतिखरे आईएमई संस्था र त्यही थेसिस भएको छ । यसका अलावा उहाँ आफ्नी आमालाई समेत प्रेरणाको श्रोतका रुपमा लिनुहुन्छ । जागिरे जीवन त्याग्दै सन् २००७ मा आफै सिटी एक्सप्रेस मनि ट्रान्सफर खोल्न पुग्नु भएका टण्डनको नयाँ परिचय यतिरे रेमिटेन्स उद्योगीका रुपमा स्थापित छ । घण्टाघरको छेउमा तीन जना कर्मचारीबाट त्यसरी सुरु भएको सिटी एक्सप्रेस अहिले बिश्वभरिका नेपालीहरूको भरपर्दो साथी बन्न पुगेको छ । देशको तेस्रो ठूलो रेमिटेन्स कम्पनीका रुपमा सिटी एक्सप्रेसले आफूलाई अग्रस्थानमा उभ्याएको छ ।

जापानमा पहिलो नेपाली कम्पनी सिटी ‘चार जना साथी मिलेर एक करोड रुपैयाँको लगानीमा हामीले सिटी एक्सप्रेस सुरु गरेका हौं’–टण्डन भन्नुहुन्छ–‘कतारबाट कारोबार सुरु गरेकामा पहिलो वर्ष नै साउदी र जापानबाट समेत कारोबार गर्न सफल भयौं ।’ जापानबाट रेमिटेन्सको कारोबार गर्ने सिटी एक्सप्रेस पहिलो नेपाली कम्पनी हो । अहिले सिटी एक्सप्रेसको ३२ वटा देशमा कार्यालय छ ।

अनितासँगको भेटपछि नयाँ आयम काठमाडौंको कलंकीका बासिन्दा टण्डनका आफ्नै रामकाहानी छन् । चाहे त्यो अर्घाखाँचीका मनोरम दृश्यमा बाल्यकाल विताउँदाका हुन या त स्कुले जीबनका नै किन नहुन् । उहाँको आफ्नै संसार छन् । अझ उच्च शिक्षाका लागि गाउँ छोडेर मान्छेको भिडमा भित्र हराउन काठमाडौं आइपुग्दाको त्यो नमिठो अनुभव पनि उहाँभित्र त्यतिकै छ । त्यसो त सबै नरमाईला घटना मात्र जीबनमा छैनन् । विद्यार्थी जीबनमा भोगेका थुपै्र कुत्कुत्याउने घटना पनि मनभरी नभएका होइनन् । त्यस समय कतिपय घटनाले यतिखेर मस्तिस्कमा नयाँ तरंङ नै पैदा गर्दछ । अझ अनिता रायमाझीसँगको ति भेटले त उहाँको जीबनमा नयाँ आयाम थपेको छ । वि.सं. २०६५ मा तिनै अनितासँग जीबन बन्धनमा बाधिनु भएका टण्डनका यतिखेर दुई सन्तान समेत छन् । जीवनयापनका दौडानमा कहिलेकाँही ठाकठुक परेपनी भित्री समस्या केही छैन् । आफूलाई जन्मदिने आमा अनी जीबन संगिनी अनिताका साथमा छोरी र एक छोराका साथमा उहाँको जिबनले यतिखेर कलंकीमा नयाँ पालुवा फेरिरहेको छ । यसरी पालुवा फेर्नुको कारण टण्डनमात्र होइन उहाँकी श्रीमती अनिता समेत हुनुहुन्छ । अनिता पनि ब्यवसायी नै हुनुहुन्छ । दुबैजना आफ्नै ब्यवसायमा ब्यस्त हुँदा परिवारलाई समय निकाल्न नसकेकाले मनमा केही खिन्नता अवश्य पैदा हुन्छ । तर, दुबैले समय मिलाएर नयाँ ठाउँ घुम्दाको आनन्दले नयाँ उमंङ पनि पैदा गर्ने गरेको टण्डन बताउँनु हुन्छ ।

उत्साहसँगै चिन्तित जीवन र व्यवासय उहाँको आफ्ने जीबनमा जति उत्साही र चिन्तित हुनहुन्छ ब्यवसाय पनि त्यस्तै छ । बाहिरबाट हेर्दा रेमिटेन्स अर्थात् पैसाको कारोवार देखिए पनि यसको भित्री पाटो आफैमा दर्दनाक अवस्थामा छ । मुलुकमा बढदै गएको राजनीतिक अस्थिरतासँगै रोजगारीको मन्दीले नेपाली युवा युवती रोजगारी खोज्दै बिदेश जाने क्रम बढ्दा मात्र नेपालमा रेमिटेन्स भित्रिएको हो । नेपालीमा एक उखान नै छ ‘बुढी मरी भन्दापनि काल पल्कियो’ भन्नेमा चिन्ता छ । त्यस्तै रेमिटेन्स भित्रिएकोमा जति उत्साह छ त्यो भन्दापनि बढी युवा विदेशिएकामा चिन्ता छ । चिन्ता थुपरिएको रेमिटेन्सको ब्यापार हो, चन्द्र टण्डनको । धेरै नेपाली बाहिर गएर रेमिटेन्स पठाएकोमा उत्साह भन्दापनि बढी राज्यमा निराशा जन्माएको छ । यही उत्साह र निराशा भित्र टण्डनको यतिखेरको संम्पूर्ण जीबन वितिरेहको छ । आर्थिक बर्ष २०६८/६९ मा करिव ३ लाख ६५ हजार बढी नेपाली युवा विदेशिए । युवाहरु विदेश मात्र गएनन् उनीहरुले नेपालमा रेमिटेन्स पठाए । आ.व. २०६१/६२ यता अर्थतन्त्रका अन्य प्रमुख क्षेत्र शिथिल रहँदा रेमिटेन्सलेनै नेपाली अर्थतन्त्रलाई काँध थाम्ने काम गरेको छ । त्यतीमात्र होइन नेपालमा भएको भारु प्रवाह लगायतका विदेशी मुद्रा सञ्चितिमा सुधार हुदै देशको व्यापार घाटा अत्याधिक मात्रमा बढ्दा शोधनान्तर स्थिति अनुकूल बनाउने काम समेत रेमिटेन्सले नै गरेको छ । अनी रेमिटेन्स देशमा ल्याउनको लागि अनुकूल बनाउने काम गरेको छ, सिटी एक्सप्रेस मनिट्रान्सफर अर्थात् टण्डन नेतृत्वको संस्थाले गरेको छ । औपचारिक/अनौपचारिक रुपमा विदेश गएका नेपालीको लोखाजोखा गर्ने हो भने ५० लाख बढी नेपाली कामदार कमाउन खाडी लगायत तेस्रो मूलुकका लागि बाटो तताएका छन् । यसमा सिमाना जोडिएको मित्रराष्ट्र भारत गएकाको कुनै लेखाजोखा छैन । आज जापान, कोरिया, खाडी राष्ट्र देखि युरोपसम्मका बजारमा नेपाली श्रम बेच्न पुगेका छन् । नेपाली युवा युवतीहरु रुँदै एयरपोर्टको ढोकाबाट भित्र छिरोको दृश्य देख्दा टण्डनको मन पनि भक्कानिन्छ । संसारकै महँगो साधन श्रम साधन हो । नेपाल जस्तो विकाशमा पिछडिएको देशले यो साधनलाई स्वदेशमै रोकेर विकासमा लगाउनुपर्ने धारण उहाँको छ । टण्डन भन्नुहुन्छ– ‘विदेशिएको शक्तिलाई देशमै रोकेर विकासमा लगाउने हो भने दश बर्षमा यो मुलुकको मुहार नै अर्को हुन्छ ।’ नेपालमा लोकतन्त्र आएपछि दैनिक १६ सयको हाराहारीमा नेपाली कामदार वैदेशिक रोजगारीकालागि खाडी मुलुक गएको रेकर्ड सरकारसँग छ । यही रेकर्डलाई सिटी एक्सप्रेस जस्तो मनि ट्रान्सफरकोे कारोवार गर्ने सस्थाले आधिकारीक मान्नुको अर्को विकल्प छैन । भारत लगायत तेस्रो मुलुक गएकाको रेकर्ड यसमा समाबेश छैन् । त्यसो त आ.ब. २०६५/६६ मा २ लाख १५ हजारको संख्यामा नेपाली कामदार विदेश गएकामा आ.व. २०७१/७२ मा यो संख्या बढेर भण्डै ५ लाख माथि पुगेको छ । विदेशमा नेपाली कामदारको उपस्थिती बढ्दै जाँदा रेमिटेन्सको परिमाण पनि बढ्दै गएको छ । उपस्थिती बढदै जाँदा थपिएको छ चुनौती । यही चुनौतीमा रुमलिनु भएको छ टण्डन पनि । चुनौतीमै छ मजा तर, चुनौतीलाई आत्मासाथ गर्ने उहाँको बानी नै हो । उहाँ चुनौतिलाई सधै स्वागत गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘चुनौती नभए ब्यवसायमा मजै कहाँ आउँछ र ।’ हुन पनि उहाँको पहिलो प्रतिस्पर्धी कम्पनी आईएमई नै हो । रेमिटेन्सको दुनियाँमा तेस्रो कम्पनी सिटी एक्सप्रेसलाई माने पनि उहाँको आईएमई बाहेक अर्को प्रतिस्पर्धी कम्पनी नै छैन । हिजो आईएमई मै काम सिक्नु भएका टण्डनले आज त्यही कम्पनीलाई प्रतिस्पर्धीको रुपमा पाउँनु भएको छ । यही प्रतिस्पर्धालाई नै टण्डन आफ्नो सफलताको एक हिस्सा मान्नुहुन्छ । हुनत प्रतिस्पर्धासँगै सहजता पनि छन् । आ.व. २०६३/६४ मा एक अर्वको हाराहारीमा नेपालमा रेमिटेन्स भित्रिएको रकर्ड राष्ट्र बैंकसित छ । यो परिमाण ह्वात्तै बढेर आ.व ०६९/७० मा ४ खर्ब ३४ अर्ब माथिको रेमिटेन्स नेपाल भित्रिएको छ भने अधिल्लो आर्थिक बर्ष ०७०/७१ मा यस्को परिमाण बढेर ५ खर्व ४३ अर्ब रुपैयाँ पुगेको छ । यहि हिसाबले बढ्दै जाने हो भने चालु आर्थिक बर्षमा यो परिमाणले नेटो कट्ने छ । रेमिटेन्सको परिमाणमा बृद्धि हुँदै जाँदा सिटी एक्सप्रेस जस्तै रेमिटेन्सको कारोवार गर्ने कम्पनीको संख्यासँगैै कारोवारमा समेत बृद्धि भएको छ । कारोवार बृद्धि हुनु भनेको कम्पनीको आयमा समेत बृद्धि हुनु हो भने सिटी एक्सप्रेसले पनि आय बढाउनु हो । तर, बर्षमा कति आय हुन्छ, त्यो परिमाण खुलाउन भने टण्डन चाहनुहुन्न । अरु कम्पनीको जस्तै आय लुकाउने विशेषता उहाँमा पनि देखिन्छ । यद्यपी उहाँको कम्पनीले हरेक वर्ष २० प्रतिशतका दरले कम्पनीले कारोबार र नाफा बढाउँदै लगेको देखिन्छ । रेमिटेन्स बेगरको नेपाली अर्थतन्त्रको कल्पना सम्म यतिखेर देशले गर्न सक्ने अवस्था छैन् । यस्तो अवस्थामा सरकारले भएका समस्याहरुको बरेमा ध्यान दिनु पर्ने तर्क टण्डन राख्नुहुन्छ । हाल औसत प्रति घरपरिवार रेमिटेन्स आय वार्षिक ८० हजारको हाराहारीमा देखिन्छ । कामदार क्षमतामा सुधार गर्ने हो भने यो परिमाण बढाउन सकिन्छ ।

सुधार आवश्यक नेपाल भित्रने रेमिटेन्सको ७५ प्रतिसत अंश गैर–बैकिङ च्यानलबाट भित्रिएको पाइन्छ । यसले राज्यको ढुकटी रित्तिएको छ । त्यस्तै देशको ढुकुटीमा नछिर्ने यस्तो विदेशी मुद्रा पूँजी पलायनदेखि राजस्व छली र न्यून बिजीकरणमा आयात गर्नेसम्मका काममा प्रयोग हुदै आएका छन् । यसतर्फ सरकारको ध्यान जान सके रेमिटेन्समा सुधार गर्न सकिने टण्डन बताउनुहुन्छ । उहाँ हुण्डीमार्फत हुने रेमिटेन्स कारोबार जोखिमपूर्ण हुँदापनि यसको सेवा चुस्त र घरदैलोसम्मै पुग्ने भएकाले बैंकिङ प्रणाली ओझेलमा परेकोमा खिन्न हुनुहुन्छ । हुनत कतिपय रेमिटेन्स सञ्चालक नै भित्र भित्रै हुण्डीको कारेवारमा आवद्ध भएको चर्चा बाहिरी बजारमा पाइन्छ । यसैलाई आधार बनाएर कतै तपाई पनि भित्र भित्रै हुण्डीलाई पनि आश्रय दिनु भएको त छैन भन्ने प्रश्नमा पोक्चे हाँसो हाँस्दै टण्डन भन्नुहुन्छ–‘म त आधिकारिक च्यानल हुँ, मैंले किन हुण्डीलाई प्रश्रय दिनु ?’ नेपालमा वार्षिक २ खर्ब ६५ अर्ब माथिको रेमिटेन्स गैर बैकिङ माध्यमद्धारा नेपाल भित्रिरहेको भने टण्डन स्विकार्नु हुन्छ । यसलाई सरकारले बैकिङ च्यानलबाट नेपाल भित्र्याउन सक्नु पर्नेमा उहाँको जोड छ ।

रेमिटेन्सले घटाएको छ गरिवी रेमिटेन्सका कारण आर्थिक सर्वेक्षण २०५१/५२ मा ४२ प्रतिशतको हाराहारीमा रहेको नेपालको गरिवी घटेर सर्वेक्षण अवधिको शुरुमा २५ प्रतिशतमा झरेको छ । त्यस्तै रेमिटेन्सकै कारण ८० प्रतिशत कृषिमा आधारित परिवारलाई ७६ प्रतिशतमा झारेको छ । जसका कारण घरायसी आयमा कृषि क्षेत्रको योगदान ६१ प्रतिशतबाट २८ प्रतिशतमा ओर्लेको छ । नेपालमा रेमिटेन्सको उपभोग घर खर्चमा ७९, ऋण तिर्न ७, घरजग्गा जोड्न ४.५, बालबच्चाको शिक्षामा ३.५, स्वस्थ क्षेत्रमा २.६, पूँजी निर्माणमा २.५, बचतमा ०.६, बन्द व्यापारमा ०.४, अन्य क्षेत्रमा २.५ प्रतिशत छ । यस्तो अवस्थामा रेमिटेन्सले देशको अर्थतन्त्रमा ठूलै भूमिका खेलेपनि दीर्धकालीन महत्व बढाउन सकेको छैन । सरकारले नेपाल भित्रिएको रेमिटेन्सलाई कसरी ब्यवस्थित रुपमा दीर्धकालिन लगानीमा लगाउने सो बारेमा गहिरो छलफल गर्नुपर्नेमा टण्डनको जोड छ ।

रेमिटेन्सलाई लाभको क्षेत्रमा प्रयोग गर्नुपर्छ टण्डन नेपालमा एक चौथाई अर्थतन्त्र धान्ने रेमिटेन्स भित्रिएको छ भन्दा जति मजा छ, त्यति नै नेपाली युवाहरु गाउँ घर रित्ताएर नै विदेश पलाएन भएकोमा नमजा मान्नु हुन्छ । गाउँ घरमा जाने हो भने १५ देखि २९ बर्ष उमेरका दुइतिहाइ युवा विदेशी भूमिमा रोजगारीका लागि गएका छन् । त्यस्तै ३१ देखि ३९ बर्षसम्मका एक तिहाइ युवा विभिन्न मुलुकमा गएका छन् । यस्तो अवस्थामा सरकारले विदेशमा नेपाली कामदारले के सिके ती कामदारले सिकेको सिपलाई नेपालमा कसरी सदुपयोग गर्नै सो सम्वन्धी रणनीति निमार्ण गर्नुपर्नेमा टण्डन बताउनुहुन्छ । उहाँ विदेशबाट आएको रेमिटेन्सलाई सरकारले जलविद्युत्, पर्यटन ब्यवसाय, कृषि जस्ता तुलनात्मक लाभका क्षेत्रमा ध्यान दिएमा देशले विकासको कोशेढुंगा चुम्नेमा विश्वस्त हुनुहुन्छ । राष्ट्रिय आय वा विकासका लागि दीर्धकालिन भूमिका निर्वाह गर्न सक्ने क्षेत्र तर्फ लगानी गर्न सरकारलाई सुझाव दिनुहुन्छ टण्डन । उहाँ भन्नुहुन्छ–‘कुल ग्राहस्थ्य उत्पादनमा एक चौथाइ योगदान गर्ने रेमिटेन्सको योगदानका बारेमा मूल्याङ्कन गर्न सरकारले सक्नु पर्दछ ।’ नेपाली अर्थतन्त्रमा रक्तसंचार मानिने रेमिटेन्स ठूलो परिमाणमा आएकोमा सरकारमा बस्नेहरु दङ्ग छन् ।

रेकर्ड नुहुनु लज्जास्पद सरकारले छिमेकी राष्ट्र भारतको रोजगारीलाई ब्यवस्थित गराउन कुनै पहल नगरेको उहाँको टिप्पणी छ । भारतमा रोजगारीका लागि रहँदा अधिकांस नेपाली हेपाह प्रबृतिको शिकार भएका छन् । यसका अलवा भारत जाने कामदारमा अरब राष्ट्र जानेको तुलनामा ठगी र शोÈणका घटना कमै सुन्ने भएपनि कतै त्यो सञ्चारको पहुँच बाहिर भएर मात्र भएको त होइन ? उहाँ प्रश्न राख्दै त्यस बारेमा समेत विचार गर्ने समय आएको बताउनुहुन्छ । राहदानी–भिसा बिनै भारत जाने कामदारको कागजपत्र, बीमा, स्वास्थ्य परीक्षण, यातायात, खर्च कम छ । यही कारणले सरकारले भारतमा काम गर्न जाने कामदारको आधिकारीक रेकर्ड समेत राखेको छैन । भारतबाट नेपाल भित्रिएको रेमिटेन्सको आधिकारीक रेकर्ड सरकारसँग नहुँनु अर्को लज्जास्पद विषय भएको तर्फ टण्डन सजक हुन्नुहुन्छ । यसले रेमिटेन्सको रेकर्ड नै दिन नसक्ने सरकारले कसरी भारतमा नेपाली कामदारको हितमा काम गर्छ ? टण्डनको प्रश्न छ ।

फुर्सदको समय परिवारसँग पछिल्लो समय अन्य व्यवसायहरूमा पनि टण्डन आबद्ध हुदै आउनु भएको छ । विभिन्न बैंक तथा फाइनान्समा प्रमोटर रहनु भएका टण्डन सिटी एक्सप्रेस सहकारीको अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै, सिटिजन बैकको सञ्चालक पनि टण्डन हुनुहुन्छ । न्यूरोडमा उहाँको चिनियाँ सामानको होलसेल व्यापार छ । वर्षमा ३० प्रतिशत समय बिदेशमा विताउने टण्डन फुर्सदको समय परिवारसँग बिताउन मनपराउनु हुन्छ । उहाँको सबैभन्दा ठूलो चाहना भने सिटी एक्सप्रेसलाई रेमिटेन्स क्षेत्रको नम्बर एक कम्पनी बनाउनु नै हो ।

Comments

Top